दोहोरो नागरिकता भएका अष्ट्रेलियाका उपप्रधानमन्त्री संसदमा रहीरहन अयोग्य ठहर

कपन अनलाइन

क्यानबेर्रा, १० कात्तिक । अष्ट्रेलियाका उपप्रधानमन्त्री र्बानाबी जोयस संसदमा रहीरहन अयोग्य ठहरिएका  छन । उनिसँगै अन्य चार जना राजनीतिज्ञलाई पनि शुक्रबार उच्च अदालतले सांसद रहीरहन अयोग्य ठहर गरेको हो ।

अयोग्य ठहरिएका जोयस लिवरल नेश्नल पार्टीसँग सत्ता साझेदारी गरेको नेश्नल पार्टीका नेता हुन । उनिहरुसँग दोहोरो नागरिकता रहेकाले उनिहरु सांसद बन्न अयोग्य भएको फैसला अदालतले गरेको हो । अष्ट्रेलियाको संविधानमा दोहोरो नागरिकता भएको व्यक्ति निर्वाचित हुन नपाउने व्यवस्था रहेको छ ।

जोयसकै पार्टीका उपनेता तथा सांसद फिओना नाश, माल्कोलम रोबर्टस्, स्कट लुड्लाम र लारिसा वाटर्स पनि अयोग्य ठहरिएका हुन् । उनिहरुले भने यसअघि नै सांसद पदबाट राजीनामा दिईसकेका  थिए ।

जोयस र लुड्लामका बुवा आमा न्युजल्याण्डमा जन्मीएका हुन् । त्यसैगरी नाशको बुवा स्कटल्याण्डमा जन्मीएका हुन् भने रोबर्टस् भारतमा जन्मीएका  थिए । त्यस्तै वेल्स र उनको बुवाको जन्म क्यानडामा भएको हो । उनिहरुको सांसद पद खारेज भएसँगै अष्ट्रेलियाको अहिलेको सरकारले संसदको बहुमत गुमाएको छ ।

तपाइँको प्रतिक्रिया ।