फिल्म ‘हुर्रे’को फस्ट लुक पोष्टर सार्वजनिक

फिल्म ‘हुर्रे’को फस्ट लुक पोष्टर सार्वजनिक
 कपन अनलाइन 
काठमाडौं, १० कार्तिक । फिल्म ‘हुर्रे’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । पोष्टरमार्फत पात्र परिचय गराइएको छ । पोष्टरमा फिल्मका कलाकारहरु अनुप विक्रम शाही, विजय बराल, केकी अधिकारी , राजाराम पौडेल, अंकित खड्का फिचरिङ छन् ।
फिल्ममा केकीले पशुपतिमा फूल बेच्ने यूवतीको भूमिका निर्वाहा गरेकी छिन् । पोष्टरसँगै ‘हुर्रे’को प्रदर्शन मिति फागुन २५ गतेलाई घोषणा गरिएको छ ।
पोष्टरमा अनुपलाई ‘ह्यान्डसम पण्डित’को अवतारमा देख्न सकिन्छ । ‘कमलेको बिहे’मा पनि उनले शास्त्री (पण्डित)को भूमिका निर्वाहा गरेका छन् । कमेडी जनरको फिल्ममा लेखन तथा निर्देशन यम थापाको रहेको छ ।
दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुतिमा तयार भएको फिल्म ‘हुर्रे’मा सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे लामाको लगानी रहेको फिल्ममा सह-निर्माताको रुपमा अरुण सेदाई रहेका छन् ।
तपाइँको प्रतिक्रिया ।