गगन थापा र डा.राजन भट्टराई चुनावी मैदानमा

गगन थापा र डा.राजन भट्टराई  चुनावी मैदानमा

कपन अनलाइन 

काठमाडौ,कार्तिक १०/विचार /पुन्यराज पुडासैनी 

काठमाडौं क्षेत्र नं ४ को प्रतिनिधि सभा क्षेत्रमा नेपाली कांग्रेसको तर्फ बाट केन्द्रिय सदस्य गगन थापा र नेकपा एमालेको तर्फ बाट केन्द्रिय सदस्य डा. राजन भट्टराईको उम्मेदवारी टुंगो लागेको छ। उम्मेदवारी भर्खर टुंगो लागेता पनि दुवै नेताहरु यस भन्दा अगाडी देखिनै विभिन्न निर्वाचन केन्द्रित कार्यक्रम र गतिविधिमा सामेल बन्दै आएका छन ।

काठमाडौं क्षेत्र नं  ४ मा  सांसदको रुपमा संगै  काम गरेका नेपाली राजनीतिक बृतका चर्चित र आश लाग्दा यी दुई नेताहरु अहिले आफ्नो कठिन राजनीतिक प्रतिस्पर्धामा आमने सामने भएका छन । औपचारिक र अनौपचारिक दुवै  किसिमका संवादमा एक अर्कालाई सम्मान र प्रसंशा गर्ने यी दुई नेताको भिडन्तले फेरी पनि काठमाडौं क्षेत्र नं ४ लाई चर्चाको केन्द्रमा पुर्याएको छ ।

नेपालको विद्यार्थी राजनीतिका उत्पादन रहेका थापा र भट्टराई फरक विशेषताको लागि नेपाली राजनीतिमा परिचित छन ।आफ्नो पार्टीको सिदान्तलाई चुनौती दिदै गणतन्त्रको माग राखेर उदाएका थापा र नेपालको शान्ति प्रक्रियाको महत्वपूर्ण घटनाक्रम १२ बुदे समझदारीको समयमा आफ्नो स्थान बाट  संयोजनको भूमिका बहन गर्दै नेपालको विदेस  मामिलामा योगदान दिएका  भट्टराई विचको प्रतिस्पर्धा आसन्न निर्वाचनमा  निकै चर्चाको विषय बन्नेमा कुनै शंका छैन।

संसदको विभिन्न समितिमा रहेका थापा र भट्टराईले अनेकन अभियान र मुद्दाहरुमा सहयात्रा गरेका छन भने स्थानीय विकासका मुद्दामा पनि सहकार्य गरेका छन । नेपालको समृधिका लागि आफ्नो आगामी पहल हुने समान धारणा राख्ने थापा र भट्टराई दुवै आगामी संसदमा हुनु पर्ने नेताहरु हुन् तर राजनीतिको निर्मम तर स्वाभाविक खेलमा कुनै एकले मात्र त्यो यात्रा तय गर्ने छन। तर यस क्षेत्रको सुखद पक्ष यो रहने छ कि जो सुकै संसद बाट बाहिर रहे पनि यहि क्षेत्रमा सक्रिय हुनेछन किनकी दुवै नेताले आफ्नो बाल्यकाल देखि आफ्नो उर्वर समय सम्म यहि क्षेत्रको माटोमा बिताएका छन ।

पछिल्लो राजनीतिक घटनाक्रम जुन ध्रुविकरण तर्फ बढ्दै गएको छ त्यस समयमा नेपाली कांग्रेसलाई गणतन्त्र र अग्रगमन र राजनीतिक  स्थायित्वको लागि खवरदारी गर्दै कुनै पनि किसिमका पस्चगमनलाई रोक्ने  काममा गगन थापाको भूमिका अवस्य पनि महत्वपूर्ण रहने छ भने नेपालको कमजोर अन्तरास्ट्रिय  र कुटनीतिक सम्बन्धलाई आगामी दिनमा नेपालले चाहेको  लक्ष्य प्राप्त गर्ने दिशामा परिभाषित र कार्यान्वयन गर्न राजन भट्टराईको विसेसग्यता र ज्ञान उपयोग हुनेछ।

नेपाली समाज ,अन्तरास्ट्रिय सम्बन्ध एबम घटनाक्रम र नेपालको सामाजिक अवस्थाको  बाहिरी स्वरूप र अन्तर्य दुवै बुझेका दुई प्रभावशाली युवा नेताहरुको चुनावी भिडन्त यस निर्वाचनको रोचक घटना हुने अनुमान गर्न सकिन्छ ।

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।