मिठाराम अधिकारी र ठाकुर खकुरेल ५ वर्ष पछी एउटै राजनीतिक मन्चमा

कपन अनलाइन 

काठमाडौ,कार्तिक १० ।

नेकपा एमालेका नेता मिठाराम अधिकारी र नेकपा माओवादी केन्द्रका नेता ठाकुर खकुरेल निकै लामो समय पछी एउटै मन्चमा संगै देखिएका छन। कुनै समय एकै पार्टीमा एक अर्काको सहयात्री बनेर काम गरेका उनीहरु विच पछिल्लो समयमा राजनीतिक प्रतिस्पर्धा देखिएको थियो ।

साविक कपन गाविस र काठमाडौं क्षेत्र नं ४ को एमालेको संगठन निर्माणमा सहकार्य गर्दै आएका उनीहरु विच खकुरेलले एमाले परित्याग गरेर माओवादी प्रवेस गर्ने समयमा  राजनीतिक टकराव देखिएको थियो । अहिले उनीहरु समान पार्टी बाट नभई पछिल्लो चरणमा भएको बाम गठवन्धनको कारण सहकार्य गर्ने वातावरण बनेको हो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र काठमाडौं क्षेत्र नं ४  ले आयोजना गरेको संयुक्त बैठकमा उनीहरु एकै मन्चमा देखिएका थिए। उनीहरु  तालमेल र बाम गठवन्धनको यो क्रममा पुन  सहयात्री बनेका छन तर फरक फरक राजनीतिक दल बाट ।

“चरम माया छुटिदा त्यो चरम घृणामा परिणत हुन्छ ” भन्ने भनाइ यी दूई नेतामा लागु भएको थियो। साविक कपनको संगठन निर्माणमा संग संगै यात्रा गरेका उनीहरु पहिलो संविधान सभाको निर्वाचन पश्चात भएका एमालेका अधिवेशनहरुमा फरक फरक समुहको प्रतिनिधित्व गरेका थिए ।

२०६९ शाल चैत्र ३१ गते माओवादी प्रवेस गरेका खकुरेल र अधिकारी करिव ५ वर्ष पछी समान मंचमा देखिदा बैठकमा त्यस विषयमा चर्चा पनि चलेको थियो ।

चरम माया ,स्नेह र सहयोग हुदै चरम प्रतिस्पर्धा ,आरोप र प्रत्यारोप हुदै पुन सहकार्यको मार्गमा पुगेका यी दुई नेताहरुको आगामी दिनमा कस्तो सम्बन्ध र सहकार्य रहन्छ त्यो सबै चासो रहने विषय बन्ने दुवै नेता संग सहकार्य गरेका एक एमाले नेताले बताए ।

 

तपाइँको प्रतिक्रिया ।