जुम्लामा आजपनि कर्फ्यू जारी

जेठ २९ गते जुम्ला  /चन्दनाथ–६ बस्ने घन श्याम थापाको घर अगाडी जेठ २५ गते बिद्यार्थीहरुको समुह समुहबीच विवाद भएकोमा सोही बिषयलाई लिएर जेठ २६ गते जिल्ला प्रशासन कार्यालय अगाडी बिद्यार्थी समूहबीच झडप हुँदा चन्दनाथ–३ बस्ने जनक सेजुवालको टाउकोमा चोट लागी घाइते भएकोले कर्णाली अंचल अस्पताल हुदै काठमाडौँ लगिएकोमा सोही झडपको बिषयलाई लिएर जेठ २७ गते दुवै पक्षलाई जिल्ला प्रशासन कार्यालयमा छलफलको लागि बोलाएकोमा कोही पनि उपस्थितनभएकोले झडप हुने सम्भावनालाई मध्यनजर राखी जेठ २८ गते २०:१५ बजेदेखि जेठ २९ गते विहान ०७:०० बजेसम्मको लागि सदरमुकाम एरियामा जिल्ला प्रशासन कार्यालय जुम्लाको आदेशले कर्फ्यू  जारी गरेको स्थानीय प्रसासन को भनाइ छ  ।

उक्त कर्फ्यू  आदेश जेठ २९ गते ०७:३०बजेदेखि १७:०० बजेसम्मको लागि पुन : थप गरिएकोमा  अत्यावश्यक सामान खरिद गर्नको लागि १ घण्टा कर्फ्यू खुल्ला गरीएको थियो । साथै जेठ २८ गते उक्त घटनाको किटानी जाहेरीमा उल्लेख भएका ९ जना मध्ये २ जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ  ।

तपाइँको प्रतिक्रिया ।