मट्टितेल खन्याई श्रीमतीलाई आगो लगाउने श्रीमान पक्राउ

सर्लाही, जेठ २९ गते
आफनै श्रीमतीलाई मट्टितेल खन्याई आगो लगाएको अभियोगमा गोडैता–५ बस्ने नागेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको छ ।

images
साहले गएराति २० बर्षीया श्रीमती रिंकु देवी साहलाई रोटी बनाउन भनेकोमा श्रीमतीले नबनाएको बिषयमा सामान्य विवाद हुँदा निजले आफनै पसलबाट मट्टितेल ल्याई घर भित्र ढोका लगाएर श्रीमतीको शरीर, ओछ्यानमा मट्टितेल छर्की आगो लगाएकोमा स्थानीय बासिन्दाले थाहा पाई ढोका खोली आगो निभाएर रिंकु देवी साहलाई उपचारको लागि बिरगंज मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा आज बिहान ७:४० बजे मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको  जनाएको छ  ।

तपाइँको प्रतिक्रिया ।