“बिरामी सहायता कोष”का लागि ओखलढुंगा काठमाडौं सम्पर्क मंचको देउसी

कपन अनलाइन 

काठमाडौ,कार्तिक २ ।

नेकपा एमाले ओखलढुंगा काठमाडौं सम्पर्क मंचले तिहारको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । ओखलढुंगा जिल्ला बाट आउने अशक्त र आर्थिक रुपमा कमजोर बिरामीहरुको सहयोगका लागि स्थापित ” बिरामी सहायता कोष ” का लागि आयोजना गरिएको सो कार्यक्रममा ओखलढुंगा जिल्ला बाट आएर काठमाडौमा बसोवास गर्नेहरुको उपस्थिति रहेको थियो।

नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवारको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बैकल्पिक केन्द्रिय सदस्य किशोर अधिकारी , शंकर बहादुर कार्की ,लोककृष्ण भट्टराई ,अमिर गुरुङ ,नानीबाबु बुढाथोकी ,केदार राज पुडासैनी ,सकुन्तला राज भण्डारी ,महावर सुनुवार ,कुमार घिमिरे ,तिर्थ सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

नेकपा एमाले ओखलढुंगा काठमाडौं सम्पर्क मंचका अध्यक्ष चन्द्र राई बाम्बुलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुनुवारले आसन्न निर्वाचन र जिल्लाको अवस्थाको वारेमा धारणा राखेका थिए।

 

तपाइँको प्रतिक्रिया ।