थारू संघ–संस्थाहरु आन्दोलित :निष्पक्ष छानबिन गर्न सरकारसँग माग

काठमाडौं महानगरपालिका–२९ सामाखुसीस्थित धर्मकुमारीको घरमा विगत चार वर्षदेखि डेरा गरी पढ्दै गरेकी सुश्री गीता चौधरीको हत्या गरिएको भन्दै डेड दर्जन थारू संघ–संस्थाले निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छन् । जेठ २६ गते आप्m्नै कोठामा अर्धनग्न, शरीरभरि चोटैचोट रहेको अवस्थामा मृत भेटिएकी चौधरीको हत्या भएको भन्दै निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका हुन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै प्रहरीको प्ररम्भिक छानबिनमा र डाक्टरको टिमले पनि घटना असमान्य रहेको भन्दा भन्दै थप अनुसन्धान गरी दोषी पत्ता लगाउन सरकार उदासीन भएको आरोप लगाउँदै पहिलो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् ।

उनीहरूले २९ गते मानव अधिकार आयोग, महिला आयोग र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, ३० गते जिल्ला प्रशासन कार्यालय घेराउने गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा थरुहट तराई लोकतान्त्रिक परिषद्का अध्यक्ष लक्ष्मण थारूले गीता चौधरीको मृत्यु विषयमा छानबिन गर्न प्रशानसनको ढिलासुस्ती भएको आरोप लगाउँदै तत्कालै छानबिन पक्रिया अगाडि बढाउन माग गरे ।

पूर्वसभासद् एवं संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी अध्यक्ष रुक्मिणी चौधरीले घटना भएको तीन दिन बितिसक्दा पनि छानबिन गर्न सरकार उदासीन देखिएको आरोप लगाइन् । पत्रकार सम्मेलनमा पूर्वसभासद् शान्ता चौधरी, थारू पहिला समाजकी अध्यक्ष सरस्वती चौधरीलगायतकाले घटनाप्रति सरकार उदासीन रहेको आरोप लगाएका थिए ।

तपाइँको प्रतिक्रिया ।