पिएसजीद्वारा एन्डरलेच्त ४–० ले पराजित

पिएसजीद्वारा एन्डरलेच्त ४–० ले पराजित

कपन अनलाइन 

काठमाडौं, २ कार्तिक । पिएसजीले खेल सुरु भएको ३ मिनेटमै गोल गर्दै एन्डरलेच्तमाथि दबाब बनाएको थियो। पिएसजीका लागि एमबाप्पेले पहिलो गोल गरेका थिए।खेलको ४४ औँ मिनेटमा एडिन्सन काभानीले हेडमार्फत गोल गदै २–० को अग्रता बनाए।

खेलको ६६ औँ मिनेटमा विश्वकै महंगा खेलाडीले पिएसजीका लागि तेस्रो गोल गरे। पिएसजीका अर्का खेलाडी एन्जेल डि मारियालो ८८ औँ मिनेटमा पिएसजीका लागि चौथो गोल गरे।

समूह ‘बि’ मा तीन खेल जित्दै ९ अंकका साथ पिएसजी शीर्ष स्थानमा छ। पिएसजीले तीन खेलमा १२ गोल गरेको छ भने एक गोल पनि खाएको छैन।

तपाइँको प्रतिक्रिया ।