नेपाली कांग्रेस बुनपा -११ को सम्पर्क कार्यालय उद्घाटन

नेपाली कांग्रेस बुनपा -११ को सम्पर्क कार्यालय उद्घाटन

कपन अनलाइन

काठमाडौ,कार्तिक २ ।

नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभाको लागि नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महा समिति सदस्य आत्माराम पौडेल,क्षेत्रीय सचिव विनोद चालिसे ,वडा कार्य समितिका सदस्य र स्थानीय कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

वडा कार्यसमिति बुनपा ११ का संयोजक राधेश्याम खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा आसन्न निर्वाचनको वारेमा छलफल भएको एक सदस्यले बताए ।

तपाइँको प्रतिक्रिया ।