कपनमा आज ७५ वर्षीय वृद्धसहित १२७ जनाले नागरिकता बनाए

IMG_2042-001[1]कपन अनलाइनघरदैलोमा सुविधा प्रदान गर्ने हेतुले आज कपनमा आयोजित एकिकृत घुम्ति शिविरमा १२७ जनाले नागरिकता बनाएका छन् । ७५ वर्षीय वृद्धले समेत नागरिकता बनाए।  सरकारले देशभर गाउँगाउँमा सुविधा दिने. हेतुले आयोजना गरेको यस किसिमको घुम्ति शिविरमा कपनमा उत्साहजनक सहभागिता देखिएको थियो । नेकपा- माओवादीले सशक्त विरोध गर्ने जनाएको अवस्थामा पनि कपनवासीले घरदैलोमा आएको मौकाको अधिकतम सदुपयोग गरे । कपन ३ स्थित बालउद्धार स्कूलमा आज बसेको शिविरमा ४१६ जनाले मतदाता परिचयपत्रका लागि पनि फोटो खिचाए । बिहान ८ बजेबाट आयोजना गरिएको घुम्ति शिविरमा ३७ जन्मदर्ता भए भने  २६ विवाह दर्ता, ३ बसाइसराई दर्तासमेत भएको कपन गाविसका सचिव लोमस आचार्यले कपन अनलाइनलाई बताए ।
IMG_2041-001[1]यसअघि आज आयोजना हुने यस घुम्ति शिविर कार्यक्रमको नेकपा- माओवादी कपनले सशक्त विरोध गर्ने जनाएपछि सुरक्षा अवस्थाका दरिलो व्यवस्था गरिएको थियो । यद्धपि आजको घुम्ति शिविरका क्रममा नेकपा माओवादीका करिब २० कार्यकर्ताले करिब ३० मिनेट कार्यक्रम अवरुद्ध भने गरेका थिए । आधाघण्टा रोकिएपछि घुम्ति शिविर कार्यक्रम दिनभर नै सहज रुपमा संचालन भएको थियो ।

तपाइँको प्रतिक्रिया ।