एक अर्ब बढीको शेयर कारोबार

कपन अनलाइन 

काठमाडौँ, २८ असोज । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ हजार ८१० कित्ता शेयर कारोबार भएर नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.०१ अंकले बढेर एक हजार ५१० अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सम्बेदनशील परिसूचक पहिलो दिनको तुलनामा ०.६७ अंकले बढेर ३१७.६३ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु १३ करोड ५६ लाख ३० हजार बराबरको शेयर कारोबार भएको छ ।

यस्तै कारोबार भएको शेयर संख्याका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको एक लाख ६२ हजार कित्ता शेयर कारोबार भयो । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो ।

यस साता पनि ऋणपत्र तर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यस साता लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, एनबी इन्स्योरेन्स कम्पनी र पूर्णिमा विकास बैंकको हकप्रद शेयर सूचीकृत भएको छ ।

तपाइँको प्रतिक्रिया ।