नेकपा एमाले कामपा-३० को सम्मान कार्यक्रम सम्पन्न

कपन अनलाइन 

काठमाडौ,असोज २८।

नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नं ३० शाखा कमिटीले स्वयंसेवक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमालेका केन्द्रिय सदस्य एबम सांसद डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो सम्मान कार्यक्रममा नवरात्रीमा मैतीदेवी मन्दिर तथा अन्य स्थानमा भक्त जनको सेवामा खटेका स्वयं सेवकहरुलाई सम्मान गरिएको थियो ।

सो कार्यक्रममा महिला हकहित सहयोगी संस्था ,स्थानीय स्वयंसेवक र अन्य संघ संस्थालाई सम्मान गरिएको थियो ।

सो कार्यक्रममा नेकपा एमाले प्रदेस कमिटि सदस्य तथा काठमाडौं क्षेत्र नं ४ प्रदेस -१ का लागि सर्वसम्मत सिफारिस भएका निर्मल कुइकेल ,जिल्ला कमिटि सदस्य तथा प्रदेस क्षेत्र नं १ का संयोजक तेज ढकाल लगायत स्थनीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

फोटो सौजन्य : अनिता चौलागाई

 

तपाइँको प्रतिक्रिया ।