गगन थापा द्वारा नेपाली कांग्रेस बुढानिलकण्ठ १० को सम्पर्क कार्यालय उद्घाटन
कपन अनलाइन
काठमाडौं ,असोज २८ ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ अन्तर्गत रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं १० को निर्वाचन सम्पर्क कार्यालय उद्घाटन भएको छ।बुनपा १० सिद्देश्वर मन्दिर नजिक उक्त कार्यालय संचालन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम सांसद गगन थापाले उक्त कार्यालय उद्घाटन गरेका थिए । सो कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति राजु श्रेष्ठ ,महासमिति सदस्यहरु ,क्षेत्र तथा जिल्ला प्रतिनिधिहरु,इकाई सभापति श्याम डोटेल ,बुद्दिजीवी ,आइप्याक का अध्यक्ष उत्तम थापा ,जन वर्गीय संगठनका प्रमुखहरु,विभिन्न ब्लकका प्रमुखहरु र स्थानीय कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि थापाले कार्यक्रममा बोल्दै आसन्न निर्वाचनमा सक्रियता पुर्वक लाग्न सबैलाई निर्देशन दिएका थिए। यस क्षेत्रमा निर्वाचन गतिविधिलाइ केन्द्रित गरि विभिन्न कार्यक्रमहरु संचालन गर्नका लागि कार्यालय स्थापना गरिएको कार्यक्रमका अध्यक्ष राम प्रसाद लुइँटेलले बताए।फोटो सौजन्य :नारायण वन