नेपाल महिला संघ बुढानिलकण्ठ नगरपालिका वडा नं २ गठन सम्पन्न

कपन अनलाइन 

काठमाडौ,असोज २८ ।

नेपाल महिला संघ बुढानिलकण्ठ नगरपालिका वडा नं २ गठन सम्पन्न भएको छ । नेपाल महिला संघ क्षेत्रीय कोषाध्यक्ष नारायण देबी श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य सानु श्रेष्ठ को आतिथ्यतामा भएको भेलाले पार्वती श्रेष्ठको अध्यक्षतमा ११ सदस्यीय समिति गठन गरेको छ।सो भेलामा स्थानीय नेता ,कार्यकर्ता र महिलाहरुको उपस्थिति रहेको थियो ।

समितिको उपाध्यक्षमा रोज थापा र सचिवमा उज्जना भण्डारी रहेका छन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि र अतिथिले आसन्न निर्वाचको तयारीमा लाग्न सबैलाई निर्देशन दिएका थिए ।फोटो सौजन्य : सानु श्रेष्ठ

 

 

तपाइँको प्रतिक्रिया ।