कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार नबनाए काठमाडौं ४ बाट निर्वाचन लड्ने गगन थापाको घोषणा
कपन अनलाइन
काठमाडौ,असोज २६।
नेपाली काङ्ग्रेसका नेता गगन थापाले आफूलाई प्रदेश नम्बर तीनको भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गर्न पार्टी समक्ष आग्रह गरेका छन् ।एक टेलिभिजनलाई अन्तर्वाता दिँदै थापाले मुख्यमन्त्री बन्ने इच्छा व्यक्त गरेका हुन् ।थापाले आफ्नो कुरा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समेतलाई राखेको जानकारी दिएका छन् ।
थापाले प्रदेस नं ३ मा कांग्रेस कमजोर रहेको र त्यो कमजोरीका बावजुद पनि आफुले जोखिम मोल्न तयार रहेको उनले देउवा समक्ष जानकारी दिएका हुन् ।यो घोषणामा ढिलाई गर्दा आफ्ना एजेन्डा सहित जान नपाइने हुदा चाडो निर्णय लिन सभापतिलाई अनुरोध गरेको उनले बताए ।
नेपाली कांग्रेस पार्टीले मुख्यमन्त्रीको उम्मेदवार नबनाए काठमाडौको क्षेत्र नं ४ बाट चुनाव लड्ने उनले अन्तर्वार्ताको क्रममा बताएका छन।नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ ले प्रतिनिधि सभा निर्वाचनको लागि थापा सहित नरोत्तम बैध र जानु घिमिरेको नाम प्रत्यक्ष तर्फ सिफारिस गरेको छ।