नारायणटार बागमती पुल मुनी दुबै तर्फ ट्रयाक रोड निर्माण कार्य सुरु

नारायणटार बागमती पुल मुनी दुबै तर्फ ट्रयाक रोड निर्माण कार्य सुरु

कपन अनलाइन 

काठमाडौ,असोज २६

गोकर्णेश्वर नगरपालिकामा रहेको नारायणटारको बागमती पुल मुनी दुबै तर्फट्रयाक रोड निर्माण कार्य सुरु भएको छ ।गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले डोजर चलाएर यो ट्रयाक रोडको सुरुवात गरेका थिए। 

माकलबारी टोल सुदार समितीको अग्रसरतामा नगरपालिका को सहयोग र अनुगमन मा  २०७४/ ६/ २५ गते समितिका प्रमुख सल्लाहकार दिपक रिसाल र माकलबारी टोलसुदार समितीका  अध्यक्ष पेमा छिरी शेर्पा सहितको उपस्थितिमा यो कार्य सुभारम्भ भएको थियो।  

यो ट्रयाक खुले पछी सवारी आवागमनमा सुविधा हुने समितिले जनाएको छ । 

 

तपाइँको प्रतिक्रिया ।