कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ

कपन अनलाइन

काठमाडौ,असोज २५।

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त काठमाडौँ महानगरपालिका सामाखुसी बस्ने ३५ बर्षीय संकेत श्रेष्ठ भन्ने सुक्रितमान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले २०६६ साल कात्तिक २२ गते काठमाडौँ महानगरपालिका गौरीघाट स्थित डेराकोठामा आफ्नै २२ बर्षीया श्रीमती नम्रता श्रेष्ठलाई आगो लगाई कर्तव्य गरी मारी घटना पश्चात फरार रहेका थिए । श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–३२ कालिकास्थानबाट पक्राउ गरेको छ । श्रेष्ठलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको  छ ।

यसैगरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–७ कुमारीगाल बस्ने २४ बर्षीय रोशन कुमार आले मगरलाई २०६० साल फागुन २३ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ३६ बर्षीय डुकुचा,दिपेन्द्र भन्ने दिपेन श्रेष्ठलाई आइतबार गोकर्णेश्वर नगरपालिका–५ चामुण्डाबाट पक्राउ गरेको छ । अभियुक्त श्रेष्ठलाई प्रहरीले सोमबार काठमाडौँ जिल्ला अदालतमा पेश गरेको छ जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।