चट्याङले लागेर मृत्यु
नुवाकोट/अघाँखाँची/खोटाङ, जेठ २३ गते
नुवाकोट : सामरी–५ पुरानोपानी बस्ने ४० बर्षीय आईतेराम तामाङ गएराति घरबाट बाहिर निस्कने क्रममा घरको ढोका नजिक चट्याङ पर्दा चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको छ । चट्याङले लागेर उनको श्रीमती पुतली तामाङ समेत सामान्य घाइते भएकी थिइन् ।
अघाँखाँची : सिमलपानी–८ जौवारी बस्ने पदम प्रसाद आचार्यको घरमा जेठ २२ गते १३:३० बजे चट्याङ पर्दा उनको जेठी श्रीमती ६५ बर्षीया सेविका आचार्यको घटनास्थलमै मृत्यु भएको छ । चट्याङले लागेर देउराली बस्ने कुल प्रसाद पोखरेले समेत गम्भीर घाइते भएकोले उपचारको लागि स्थानीय अस्पतालमा लगिएको छ ।
खोटाङ : खाल्ले–१ बस्ने नवराज कटवालको घर नजिकै जेठ २२ गते १५:४५ बजे अचानक चट्याङ पर्दा चट्याङले लागेर निजको १५ बर्षीया छोरी डम्बर कुमारी कटुवाल गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको छ ।
यसैगरी खोटाङ जिल्ला मम्राङ–७ मा चट्याङ पर्दा ३५ बर्षीया जिरा परियार, २६ बर्षीया सुनिता परियार, ३ बर्षीया सरिता हिग्माङ, २३ बर्षीया सरिता राई, २० बर्षीया अनिता राई र ५० बर्षीय खरिन्द्र परियार समेत घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल खोटाङमा लगिएको छ ।