नेकपा एमाले काठमाडौं क्षेत्र नं ३ प्रदेस -१ बाट विमल अर्यालको नाम सिफारिस

नेकपा एमाले काठमाडौं क्षेत्र नं ३ प्रदेस -१ बाट विमल अर्यालको नाम सिफारिस

कपन अनलाइन 

काठमाडौ,असोज २५ ।

अहिले चिया चौतारा सबैतिर मङ्सीर १० र २१ गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनको चटारो देखिन्छ । देशमा नयाँ संविधान निर्माण भएर संघीयता तर्फ देश अग्रसर भइरेहका बेला देशलाई आर्थिक विकासमा कसरी लैजान सकिन्छ भन्ने विषयमा दलहरु बिच नयाँ नयाँ ध्रुविकरण र गठवन्धन भइरहदा राजनीतिमा तरङ्ग सिर्जना भइरहेका छन । यसले पनि मङ्सीर १० र २१ गते हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचनलाई जनताले बढी चासोका रुपमा लिएको देखिन्छ ।

राजधानी काठमाडौंको एक मुख्य क्षेत्रका रुपमा रहेको काठमाडौं ३ अन्तर्गत  प्रदेश क्षेत्र – १ लाई निर्वाचनले नछुने कुरै भएन।गोकर्णेश्वर नगरपालिकाको वडा नं. ५, ९ र काठमाडौं महानगरपालिकाको वडा नं. ६ मिलेर बनेको यस क्षेत्रमा विश्व सम्पदा सुचिमा सुचिकृत बौद्धनाथ स्तुपा लगायत महत्वपूर्ण स्थलहरु रहेका छन ।

२०७० को दास्रो निर्वाचनमा काठमाडौं ३ बाट एमालेका रामेश्वर फुयालले संसदीय निर्वानमा जिते पनि सबभन्दा बढी मतदाता रहेको कामपा छ मा यसपटक नेपाली काँग्रेसका उम्मेदवार विजयी भए ।

यस प्रदेस क्षेत्रमा अहिले विमल अर्याल ,डा.विदुर चालिसे, गोपाल बराल, मन्दिर तिमिल्सिना, गोकुल बराल, सुवास राज गिरी, तारा पुडासैनी, दिलिप लामा र गणेश गुरूंग सहित ११ जनाको नाम सिफारिस गरिएको छ । सिफारिसमा परेका उम्मेदवारहरुमा अहिले विमल अर्यालको चर्चा  भैरहेको एक क्षेत्रीय सदस्यले बताए ।

विमल अर्याल पञ्चायत काल देखिनै राजनीतिक क्षेत्रमा क्रियाशील स्थानीय नेता हुन् ।२०३५/३६ को विद्यार्थी आन्दोलन देखिनै उनि राजनीतिक गतिविधी र सामाजिक अभियानमा क्रियाशील थिए । क्रान्तिकारी स्वभावका अर्यालले ०४३ मा जनपक्षीय उम्मेदवार पद्यमरत्न तुलाधरलाई विजयी गराउन गाउँ र क्षेत्रीय स्तरको प्रचार प्रसार समितिमा रहेर विशेष भूमिका निर्वाह गरेका थिए  ।

२०४७ मा वर्तमान पार्टी अध्यक्ष के.पी ओलीको नेतृत्वका गठन गरिएको तत्कालिन प्ररायुसंघको जोरपाटी अध्यक्ष ,२०४७ सालमा पार्टी एकिरण पूर्व नै पार्टी संगठित सदस्य ,२०४८ मा  मदन भण्डारीलाई विजयी गराउन चुनाव प्रचार प्रसार समितिको क्षेत्रीय स्तरको सदस्य र गाउँ संयोजकको भूमिका खेलेका अर्याल २०४८ सालमा पार्टी क्षेत्रीय सदस्य, ०५५ मा काठमाडौं विशेष जिल्ला कमिटी सदस्य, ०६४ मा इलाका कमिटी सचिव हुँदै हाल क्षेत्रीय कमिटी सदस्य रहेका छन ।

अर्थशास्त्र एम. ए. सम्मको अध्ययन पुरा गरेका अर्याल २०३३ सालमा बौद्ध युवा क्लब र बौद्ध पुस्तकालयमा आवद्ध रहेका अर्यालले  २०३९ देखि ०४२ सम्म बौद्ध साहित्य समाजमा २०३९ मा स्थापित चामुण्डा वाचनालयका संस्थापन अध्यक्ष समेत भएर साहित्य लेख रचना र शैक्षिक गतिविधीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन  । त्यस्तै

०४२ मा स्थापित जन साहित्य प्रतिष्ठान सात्यि सदन नेपालको आजिवन सदस्य र हाल कार्यसमिति सदस्य ,२०४६ मा स्थापित श्री भैरव पुरस्कार गुठीको संस्थापक कार्यसमिति सदस्य र हाल कोषाध्यक्ष, २०५८ मा स्थापित अविनव साहित्य समाजको सहकोषाध्यक्ष समेत रहेका अर्यालले ०४८ देखि ०५१ सम्म चामुढडा मा.वि. जोरपाटीको सञ्चालक समिति सदस्य, ०४९ देखि ०५३ सम्म न्यु बुद्ध प्रकास एकडेमीको अध्यक्ष र ०५४ देखि ०५८ सम्म अरुणोदय मा.वि. आरुवारीको संचालक समितिमा रहेर पूर्वी क्षेत्रको शैक्षिक र सामाजिक विकासमा योगदान दिएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।