काठमाडौका १० प्रतिनिधि सभा क्षेत्रमा एमालेका ६ उम्मेदवार सर्वसम्मत

कपन अनलाइन 

काठमाडौं ,असोज २५।

२०७४ असोज १९ गते शुरु भइ असोज २२ गते सम्पन्न भएको नेकपा एमाले काठमाडौं जिल्ला संगठन कमिटीको बैठकद्वारा प्रतिनिधिसभा सदस्य उमेदवार प्रदेस कमिटीमा सिफारिस गरेको छ । काठमाडौं जिल्लका १० वटा निर्वाचन क्षेत्र मध्ये अधिकांस क्षेत्रका प्रतिनिधि सभा क्षेत्रमा उम्मेदवार सर्सम्मत रुपमा सिफारिस भएका छन भने केहि क्षेत्रमा एक भन्दा बढी उम्मेदवार सिफारिस भएका छन ।

काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्र मध्ये ६ वटा निर्वाचन क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन । जसमा  क्षेत्र नं  १ साबित्रा भुसाल, क्षेत्र नं २ माधवकुमार नेपाल, क्षेत्र नं ३ कृष्ण राई, क्षेत्र नं ४ डा राजन भट्टराई, क्षेत्र नं  ५ ईश्वर पोख्रेल, क्षेत्र नं ७ रामबिर मानन्धर रहेका छन ।

त्यस्तै क्षेत्र नं ६,८,९ र १० मा एक भन्दा बढी उम्मेदवार सिफारिस भएका छन ।जसमा क्षेत्र नं ६ मा योगेन्द्र संग्रौला , राम शरण घिमिरे ,प्रह्लाद बुढाथोकी र विमल नर सिंह प्रधानको नाम सिफारिस भएको छ ।

त्यसतै क्षेत्र नं ८ कृष्णगोपाल श्रेष्ठ र जिवनराम श्रेष्ठ,क्षेत्र नं ९ मा  अष्टलक्ष्मी शाक्य र कृष्ण गोपाल श्रेष्ठ र क्षेत्र नं १० मा बिनोद श्रेष्ठ, सुरेन्द्र मानन्धर सहित ४ जना उम्मेदवारको नाम सिफारिस भएको छ ।

 

 

 

तपाइँको प्रतिक्रिया ।