मधेशीलाई मधेशी दलको विकल्प छैनः यादव
कपन अनलाइन
महोत्तरी, २४ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल फोरम नेपालबीच चुनावी एकता भएपछि मुलुकको राजनीतिमा तरंग पैदा भएको बताएका छन ।
कार्यकर्ता भेटघाटका क्रममा महोत्तरीको गौशाला आउनुभएका अध्यक्ष यादवले आज बिहान पत्रकारसँग कुरा गर्दै आगामी निर्वाचनमा तराई मधेशमा पार्टी पहिलो भए मात्र मधेशीले मुलुकमा शान, मान र सम्मान पाउने जिकिर गरे । उनले मधेशीलाई आफ्नो अधिकार, विकास र भेदभावरहितका लागि मधेशी दलको विकल्प छैन भने ।
तपाइँको प्रतिक्रिया ।