हतियार सहित पक्राउ

कपिलवस्तु/बारा, जेठ २३ गते
 कपिलवस्तु : लु.१५ प १७१८ नम्वरको मोटरसाइकलको पछाडी बसी यात्रा गर्ने दोहनी–८ बस्ने राम अवध यादवलाई प्रहरीले नल कटुवा पेस्तोल १ थान सहित पक्राउ गरेको छ ।
दोहनी–२ स्थित तौलिहवा–भैरहवा सडक खण्डमा उक्त मोटरसाइकलले पैदल यात्री सोही ठाँउ बस्ने ५५ बर्षीय गोदे गोसाईलाई ठक्कर दिदाँ गम्भीर घाइते भएकोले उपचारको लागि मेडिकल कलेज भैरहवा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो भने घटनामा उनी समेत सामान्य घाइते भएको र घटनास्थलमा उक्त कटुवा पेस्तोल बरामद भएको थियो ।
फरार रहेका मोटरसाइकल चालक रुपन्देही जिल्ला कमरिया–७ बस्ने २२ बर्षीय अजय चौधरी सहित ३ जनाको प्रहरीले खोजतलास गरिरहेको छ ।
बारा : अमलेखगंज–९ तकरी गाँउ बस्ने ५४ बर्षीय आईत बहादुर लोप्चनलाई प्रहरीले एकनाले भरुवा बन्दुक १ थान सहित पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका निजले जेठ २ गते २२:४५ बजे सोही ठाँउ बस्ने ५० बर्षीय मख्खन भण्डारीलाई कुटपिट गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी अमलेखगंजबाट खटिएको प्रहरी टोलीले निजको घर तलासी गर्दा लोड गरी राखेको अवस्थामा उक्त भरुवा बन्दुक बरामद भएको थियो ।

तपाइँको प्रतिक्रिया ।