जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पर्सा, जेठ २३ गते
नौ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा नगरडाँडा–४ घर भएका ३५ बर्षीय भगत भन्ने जयलाल साहतेलीलाई प्रहरीले पक्राउ गरेको छ ।
पिपरा–३ स्थित शम्भु शाह कलवारको घरमा काम गरी बस्ने निजले जेठ २१ गते पिपरा–३ बस्ने ती बालिकालाई घरमा कोही नभएको अवस्थामा जवरजस्ती करणी गरेको भनी जेठ २२ गते १५:०० बजे खबर प्राप्त भएपछि प्रहरी चौकी आशावारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा पठाएको छ । प्रहरीले पिडित बालिका र पिडकको स्वास्थ्य परिक्षण गराई आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।