अपराध अनुसन्धान तालिम संचालन

काठमाडौँ, जेठ २३ गते
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा ६९ औं समूहको (सिनियर प्रहरी अधिकृत) अपराध अनुसन्धान तालिम संचालन भएको छ ।
उक्त तालिमको आज आयोजित समारोहमा अपराध अनुसन्धान बिद्यालयका प्रधानाचार्य प्रहरी नायव महानिरीक्षक पार्वती थापा मगरले उद्घाटन गर्नुभयो ।
उक्त अवसरमा उहाँले अपराध अनुसन्धानमा देखा परेका समस्याहरुको न्यूनिकरण गरी अनुसन्धान कार्यलाई सफल बनाउन तालिमको महत्वपुर्ण भूमिका रहेको बताउनुहुदै प्रशिक्षार्थीहरुले सकारात्मक सोच राखी उत्सुकता साथ सजग र सचेत भएर सक्रियता देखाई तालिम हासिल गर्नुपर्ने बताउनुभयो ।
समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाद पंगेनीले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । ५ कार्य दिन रहेको उक्त तालिममा २५ जना प्रहरी निरीक्षकहरुको सहभागिता रहेको छ ।

तपाइँको प्रतिक्रिया ।