अछाममा क्रिकेट प्रतियोगिता हुदै
कपन अनलाइन
अछाम ,असोज २४ /एकेन्द्र महता
अछाम जिल्लामा अहिले सम्मकै सबैभन्दा ठुुला धनराशिका २ वटा क्रिकेट प्रतियोगिता हुुने भएका छन् । क्षेत्र स्तरिय समान ५०—५० हजार राशिका क्रिकेट प्रतियोगिता हुन लागेका हुुन् । क्षेत्र अनुसार अछामको क्षेत्र नम्बर १ रिडीकोट र क्षेत्र नम्बर २ को कमलबजारमा प्रतियोगिता हुुन लागेका हुुन् ।
क्षेत्र नम्बर १ को बडासैन खेलमैदान रिडीकोटमा असोज २३ गते सोमबार बाट र २ को कमलबजार एयरपोर्ट मैदानमा असोज २६ गते बिहिबार बाट प्रतियोगिता सुरु हुन लागेका आयोजकले जनाएका छन् । क्षेत्र नम्बर १ रिडीकोटमा हुुने प्रतियोगितालाई सफल पार्नका लागि स्थानिय तह नगरपालिका र वडा तथा साफेबगर क्षेत्रका बजारमा सहयोगका लागि अभियान बढाईएको खेलाडी अनिल कुुवरले बताउनु भयो ।
रिडीकोटमा विगत बर्षहरु देखि प्रतियोगिता हुदै आएकाले यसपाली झनै ब्यवस्थित सहीत ठुुलो धनराशिको बनाईएको बताउनु भयो । प्रतियोगितामा अछाम, डोटी, बाजुराका टिमले सहभागीता जनाउने बताईएको छ । यता क्षेत्र नम्बर २ को कमलबजारमा भने पहीलो पटक नै ठुुलो धनराशिको प्रतियोगिता हुुन लागेको हो ।
कमलबजार नगरपालिकाको सहयोग तथा अछाम क्रिकेट सँघको समन्वयमा हुुन लागेको प्रतियोगिताका लाई सफल पार्नका लागि आवश्यक तयारी अघि बढेको खेलाडी कमल कुमार रावलले बताउनुु भयो । रावलले भने यस्ता प्रतियोगितले अछामी युवाको खेल प्रतीको आकर्षक बढदै जाने भएकाले क्रिकेटको बिकास लागी सबैले लाग्न आवस्यक रहेको छ ।
कमलबजारमा प्रतियोगितामा प्रथम टिमले ५० हजार र दोस्रो हुुनेले २० हजार हात पार्ने भएको छ । प्रतियोगितामा अछाम जिल्ला लगाएत छिमेकी जिल्लाका टिमले समेत सहभागिता जनाउने आयोजकले जनाएको छ । यो भन्दा अगाडी जिल्ला भरी नै ठूलो धनरासीको क्रिकेट प्रतियोगिता जिल्लाको मंगलसेन नगरपालिको ओलीगाउँमा भएको थियो ।
तपाइँको प्रतिक्रिया ।