काठमाडौ क्षेत्र नं ४ कांग्रेसमा दुविधा एमालेमा अन्यौल
कपन अनलाइन
काठमाडौ,असोज २४।
काठमाडौं जिल्ला क्षेत्र नं ४ का दुई मुख्य पार्टी नेपाली कांग्रेस र नेकपा एमालेका आम कार्यकर्ता विचमा अहिले दुविधा र अन्यौलता देखिएको छ । दुवै पार्टीका क्षेत्र र जिल्ला बाट उम्मेदवार हरुको नाम सिफारिस भै सकेको छ भने यस क्षेत्रका प्रतिनिधि सभाको उम्मेदवारमा नेपाली कांग्रेसले ३ जनाको नाम सिफारिस गरेको छ भने एमालेले डा. राजन भट्टराईको नाम सर्वसम्मत सिफारिस गरेको छ ।नेपाली कांग्रेसले सिफारिस गरेका गगन थापा ,नरोत्तम बैध र जानु घिमिरे मध्ये अहिले प्रदेस निर्वाचन र मुख्यमन्त्रिको उम्मेदवारी घोषणाको विषय निस्कर्षमा नपुग्दा सम्म को हुने निर्क्यौल गर्न सकिने अवस्था छैन ।
नेपाली कांग्रेसमा क्षेत्र नं ४ मा दुविधा
अहिले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ का कार्यकर्तामा दुविधा देखिएको छ ।यो दुविधा कुनै आन्तरिक राजनीतिक कारणले भन्दा पनि यस क्षेत्रका वर्तमान सांसद गगन कुमार थापाको निर्वाचन क्षेत्रको निर्धारण ठोस रुपमा नभएर देखिएको छ । प्रदेस नं ३को मुख्यमन्त्रको माग गरेका उनले यस सम्बन्धमा पार्टी बाट ठोस निर्णय नआउदा कहाँ बाट निर्वाचन लड्ने भन्ने निर्णय गर्न सकेका छैन ।
प्रतिनिधि सभामा नाम सिफारिस भएता पनि मुख्यमन्त्रीको लागि पार्टी बाट सहमति पाएमा उनि प्रदेस सभामा जाने छन । यो निर्णय नहुदा यस क्षेत्रका कार्यकर्ता दुविधामा रहेको एक क्षेत्रीय नेताले बताए । उनको उम्मेदवारी कुन क्षेत्रमा हो भन्ने निर्क्यौल नहुदा ठोस कार्यक्रम संचालन गर्न नसकिएको उनको भनाई छ ।
यदी नेपाली कांग्रेसले थापालाई मुख्यमन्त्रीको उम्मेदवार नबनाएमा उनि काठमाडौं क्षेत्र नं ४ को प्रतिनिधि सभाको उम्मेदवार बन्ने निश्चित प्राय रहेको छ ।यो दुविधाकै विचमा थापाले क्षेत्र भ्रमण र भेटघाटको कार्यक्रम भने जारि राखेका छन ।
नेकपा एमाले क्षेत्र नं ४ मा अन्यौल
नेकपा एमालेका क्षेत्र नं ४ का कार्यकर्तामा पनि अहिले अन्यौलता देखिएको छ । प्रतिनिधि सभामा डा. राजन भट्टराई र प्रदेस क्षेत्र नं १ मा निर्मल कुइकेलको नाम सर्वसम्मत सिफारिस गरिएता पनि प्रदेस क्षेत्र नं २ मा ७ जनाको नाम सिफारिस भएर प्रदेस कमिटीमा पुगेको छ । यस समयमा प्रदेस क्षेत्र नं २ को नाम टुंगो नलाग्दा ठोस योजना बनाउन नसकिएको प्रतिनिधि सभा क्षेत्रका एक सदस्यले बताए ।
यो संग संगै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाउन बसेको कार्यदलको बैठकले ठोस निर्णय गर्न नसक्दा कुन पार्टीलाई कुन प्रदेस क्षेत्र भन्ने निर्णय हुन्न सक्दा पनि अहिले अन्यौलता देखिएकोछ । काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र नं २ माओवादी केन्द्रले माग गर्न सक्ने चर्चाले स्थानीय राजनीति तताएको वर्तमान अवस्थामा कार्यकर्ता संग भने निर्णय पर्खनु सिवाय कुनै बिकल्प नरहेको एक स्थानीय नेता बताउछन ।डा. भट्टराई र कुइकेल भने आफ्नो प्रचार अभियान सुरु गरिसकेका छन ।