नेकपा एमाले काठमाडौं क्षेत्र नं ५ को प्रदेश क्षेत्र -१ मा नारायण सिलवालको नाम सिफारिस
कपन अनलाइन
काठमाडौ,असोज २४।
नेकपा एमाले काठमाडौं क्षेत्र नं ५ को प्रदेश सभा १ मा नारायण सिलवालको नाम सिफारिस गरेको छ ।यहि मंग्सिरमा हुने निर्वाचनको लागि आफ्नो दावी प्रस्तुत गरेका सिलवालको नाम प्रदेस संगठन कमिटि र काठमाडौं जिल्ला कमिटि दुबैले सिफारिस गरेका हुन् ।
२०२६ शालमा जन्मिएका सिलवाल नेकपा एमालेमा लामो समय देखि निरन्तर क्रियाशील रहेका छन ।२०४८ शालको सरकारी कर्मचारी आन्दोलनमा कारवाहीमा परे पछी उनि निरन्तर राजनीतिमामा सक्रिय छन ।
२०४२ शालमा नेपाल ल क्याम्पस बाट अनेरास्ववियुको सदस्यता प्राप्त गरेका उनले नेकपा एमालेको टोल सक्रिय दल,वडा कमिटि सचिव ,तत्कालिन क्षेत्र नं ३ दक्षिण इलाका कमिटि सचिव ,क्षेत्रीय सदस्य ,सचिव ,जिल्ला कमिटि सदस्य र जिल्ला कमिटि उप सचिवको जिम्मेवारी सम्हालेका छन ।
नेकपा एमालेको रास्ट्रिय प्रतिनिधि परिषद सदस्य समेत रहेका उनि अहिले प्रदेस नं ३ का सदस्य छन भने उनले तत्कालिन उपत्यका कमिटिको प्रचार विभाग प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए ।
राजनीतिका अलावा सिलवाल मनमोहन स्मृति प्रतिष्ठान काठमाडौं जिल्ला समन्वय समितिको सह संयोजक ,नवयुग सहकारी छापाखानाको बोर्ड सदस्यको रुपमा पनि कार्य गरेका छन ।उनि काठमाडौं क्षेत्र नं ५ का विभिन्न सघ संस्थामा पनि आवद्ध रहेका छन भने चिनमा १ महिने युथ वर्कसपमा पनि सहभागी भएका छन ।
नेकपा एमाले काठमाडौं क्षेत्र नं ५ को प्रदेस क्षेत्र नं १ जसमा काठमाडौं महानगरपालिकाका वडा नं २,४ र ५ पर्दछन त्यस क्षेत्रमा नारायण सिलवाल सहित हरी अधिकारी ,सन्ध्या खनाल र प्रदिप पौडेलको नाम सिफारिस भएको छ ।