विद्यालय निर्माणका लागि नौ लाख सहयोग

विद्यालय निर्माणका लागि नौ लाख सहयोग

कपन अनलाइन 

सुरुङगा, झापा, २१ असोज। झापा गाउँपालिका–६ मा रहेको भृकुटी आधारभूत विद्यालयको भवन निर्माणका लागि अमेरिकाको टेक्सास राज्यमा कार्यरत नेपालीको संस्था नेपाली समाज टेक्सासले रु नौ लाख सहयोग गरेको छ ।

समाजका सभापति कृष्ण लामिछानेले शुक्रबार विद्यालयमा पुगेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीलाई सहयोग रकम हस्तान्तरण गरेका  हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष लामिछानेले विद्यालयमा भवन अभाव भएर विद्यार्थीलाई समस्या भएको थाहा पाएपछि आफूहरुले सहयोग प्रदान गरेको बताए ।

तपाइँको प्रतिक्रिया ।