सरिता निरौला : काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्रको सिफारिसमा परेकी एक्ली महिला

सरिता निरौला : काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्रको सिफारिसमा परेकी एक्ली महिला

कपन अनलाइन 

काठमाडौ,असोज २१ ।

नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र नं २ ले प्रदेस सभाको लागि सुन्दर पुर्कुटी ,मिठाराम अधिकारी ,विदुर विक्रम खड्का , कुसुम कुमार कार्की ,जयराम थापा र धुर्वराज न्यौपाने संगै सरिता निरौलाको नाम सिफारिस गरेको छ । सिफारिस गरिएका ७ जना मध्ये निरौला एक मात्र महिला उम्मेदवार रहेकी छन ।

झापा जिल्लाको क्षेत्र नं ५ बाट भूमिगत कालिन अवस्थामा पार्टीका दस्तावेज र कागज पत्र ओसार पसार गर्दै राजनीतिक गतिविधि सुरु गरेकी उनले २०४७ शालमा प्रवेशिका परिक्षा दिए पश्चात अखिल नेपाल महिला संघ को वडा ,गाउ र इलाका कमिटीमा रहेर काम गरेकी थिईन ।

२०४९ शालमा पद्म कन्या क्याम्पसकोप्राक सदस्य  बनेकी निरौलाले  सरस्वती क्याम्पसको स्ववियु सदस्य  र अनेरास्ववियुको  महिला विभागमा रहेर पनि काम गरेकी थिइन् ।

झापा जिल्लमा नेकपा एमालेको विभिन्न कमिटीमा क्रियाशील रहेकी उनले काठमाडौं आए  पछी अनेम संघ र नेकपा एमालेको क्षेत्रीय कमिटीमा रहेर पनि काम गरेकी छन ।

काठमाडौं क्षेत्र नं ६ को अनेम संघ सचिव ,एमाले क्षेत्रीय सदस्य हुदै हाल उनि नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा क्षेत्र समन्वय कमिटि सदस्य रहेकी छन ।

औपचारिक शिक्षा स्नातकोत्तर (एम ए ) गरेकी उनि हाल स्नातक तह (वि ए ) सम्म अध्यापन गर्दछिन ।यस क्षेत्रमा सक्रिय महिलाको पहिचान बनाएकी उनि राजनीति र शिक्षण को साथमा विभिन्न सामाजिक सघ संस्था संग पनि संलग्न रहेकी छन ।

 

 

तपाइँको प्रतिक्रिया ।