नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ प्रदेस-२ मा नेताहरु विच तीव्र प्रतिस्पर्धा
कपन अनलाइन
काठमाडौ,असोज २१।
नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र नं २ ले प्रदेस सभाको लागि सुन्दर पुर्कुटी ,मिठाराम अधिकारी ,विदुर विक्रम खड्का , कुसुम कुमार कार्की ,जयराम थापा र धुर्वराज न्यौपाने र सरिता निरौलाको नाम सिफारिस गरेको छ ।
फरक पृष्टभुमी भएका समकालीन नेताहरुको बाहुल्यता रहेको यस क्षेत्रमा टिकट को दौड अहिले रोमान्चक मोडमा पुगेको छ । यो दौडमा रहेका नेताहरुको राजनीतिक भविस्यको निर्णय सम्भवत आज बसिरहेको काठमाडौं जिल्ला कमिटिको बैठकले गर्ने छ ।
सिफारिस भएका नेताहरुको विच अहिले तीव्र प्रतिस्पर्धा रहेको एक जिल्ला सदस्यले बताए ।अहिले सिफारिस भएका नामहरु बाट कुनै एक नाम छान्न काठमाडौं जिल्लालाई कठिन परेको ति नेताको भनाइ छ । आफ्नो उम्मेदवारी सुनिस्चित गर्न सिफारिसमा परेका नेताहरु अहिले विभिन्न नेता र शक्ति केन्द्र धाउने क्रम निकै बढेको एक जिल्ला नेताले बताए।
नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र नं २ ले सिफारिस गरेका केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ ।
- सुन्दर पुर्कुटी
नेकपा एमालेको प्रदेस नं ३ को सदस्य रहेका पुर्कुटी यस क्षेत्रमा सालिन र समन्वयकारी क्षेमता भएका नेताको रुपमा चिनिन्छन । बाहिरी चर्चामा आउन त्यति नरुचाउने उनले आन्तरिक पार्टी संगठनमा निरन्तर खट्ने नेताको रुपमा आफ्नो परिचय बनाएका छन ।
नेकपा एमालेको प्रारम्भिक तहको गाउ कमिटि सदस्य ,इलाका कमिटि सदस्य ,इलाका कमिटि सल्लाहकार ,जिल्ला कमिटि सदस्य हुदै रास्ट्रिय प्रतिनिधि परिषद सदस्य बनेका पुर्कुटी नेपालको दलित मुक्ति आन्दोलनको चर्चित नाम हो ।दलित आन्दोलनको साथमा उनि स्थानीय सामाजिक र राजनीतक कार्यमा पनि सक्रियता पुर्वक खटिरहेको र यहाँ हुने स्थानीय गतिविधिमा उनि निरन्तर लागि रहेका नेता हुन् ।
२०५४ शालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन महांकाल गाविसको वडा नं १ को निर्वाचित अध्यक्ष रहेका पुर्कुटी अहिले उनि मुक्ति समाज नेपालका केन्द्रिय सचिव रहेका छन ।
- विदुर विक्रम खड्का
२०३४ देखि राजनीतिक गतिविधिमा संलग्न भएका खड्का २०३६ शालमा बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको गणेश मावीको प्रारम्भिक कमिटि अध्यक्ष बनेका थिए ।२०३७ शालमा सोहि विद्यालयको स्ववियु सभापति भएका खड्का २०३८ शालमा मार्क्सवादी अध्ययन समुहको सदस्य बनेका थिए ।
२०४३ शालको पंचायती निर्वाचनमा जान पक्षीय उम्मेदवार बनेर निर्विरोध निर्वाचित बनेका थिए ।तर त्यस वेला प्रजातन्त्रको समर्थन गर्दै सपथ नखाएको उनि स्वयं बताउछन ।
२०५१ शालमा चपली भद्रकाली गाउँ कमिटिको सचिव बनेका खड्का २०५६ मा क्षेत्रीय कमिटी सदस्य, २०६६ सम्म २०६७ देखि जिल्ला संगठन कमिटी काठमाडौको सदस्य हुदै अहिले नेकपा एमालेको जिल्ला कमिटि सदस्य रहेका छन । यसका साथै उनि नेकपा एमालेको तर्फ बाट बुढानिलकण्ठ नगरपालिकामा दलीय प्रतिनिधिको रुपमा समेत काम गरि सकेका छन ।
- कुसुम कुमार कार्की
२०४९ शालको स्थानीय निकायको निर्वाचनमा करिव २५ वर्षको उमेरमा तत्कालिन महांकाल गाविसको उपाध्यक्ष रहेका कार्की २०५४ शालको निर्वाचनमा गाविस अध्यक्ष निर्वाचित भएका थिए ।
उनले आफ्नो राजनीतिक जीवनमा तत्कालिन इलाका कमिटि , गाउ कमिटि हुदै काठमाडौं क्षेत्र नं ४ को अध्यक्षको रुपमा २ कार्यकाल नेतृत्व गरेका थिए ।
कार्की यस क्षेत्रमा विकासको स्पस्ट धारणा बोक्ने नेता हुन् जसले राजनीतिक संग संगै विभिन्न सामाजिक र व्यवसायिक संघ संस्थाहरुको नेतृत्व गरेका छन । उनि अहिले नेपाल ह्युम पाइप एसोसियसनका अध्यक्ष हुन् भने उनले हिमनदी पर्यटन सहकारी मार्फत संचालन भईरहेको होटल वाटर टावरको पनि अध्यक्षको रुपमा नेतृत्व प्रदान गर्दै आएका छन ।
- मिठाराम अधिकारी
मिठाराम अधिकारी तत्कालिन कपन गाविसका अध्यक्ष रहिसकेका नेता हुन् । २०४९ शालको स्थानीय निकायको निर्वाचनमा पराजित उनि २०५४ शालको स्थानीय निकायको निर्वाचनमा विजयी बनेका थिए ।पंचायत कालिन अवस्था देखि नै राजनीतिमा सक्रिय उनि यस क्षेत्रमा सामाजिक कार्यकर्ताको रुपमा बढी चिनिएका व्यक्ति हुन् ।
निरन्तर सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय अधिकारी यस क्षेत्रका विविध सामाजिक र अन्य संस्थाहरुमा संलग्न रहेका छन ।स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको प्रमुख दावी गरेका उनि अन्तिम समयमा टिकट प्राप्त गर्न असमर्थ रहेका थिए ।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटि सदस्य रहेका उनले तत्कालिन कपन गाउ कमिटि सचिव र इलाका कमिटि सचिवको जिम्मेवारी पनि बहन गरेका उनि अहिले नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ प्रदेस २ को सह संयोजक रहेका छन ।
माथिका नेताहरु संगै अहिले यस क्षेत्रमा युवा नेताहरु जयराम थापा र धुर्वराज न्यौपाने पनि टिकट दौडमा रहेका छन । यस क्षेत्रको भूगोल ,जनसंख्या र सामाजिक अवस्थाको विश्लेष्ण गरेर टिकट दिनु पर्ने दवाव माथिल्लो कमिटीमा रहेको एक नेताले बताए ।