नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ८ द्वारा उम्मेदवार सिफारिस

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ८ द्वारा उम्मेदवार सिफारिस

कपन अनलाइन

काठमाडौ,असोज २० ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ८ ले प्रतिनिधि सभा र प्रदेस सभाको लागि उम्मेदवार सिफारिस गरेको छ।

नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ८ ले प्रतिनिधि सभा क्षेत्र को लागि काँग्रेस केन्द्रीय सदस्य एवम‌ं व्यवस्थापिका संसद सदस्य समेत रहेका नविन्द्रराज जोशीको एकल नाम सिफारिस गरेको छ । यस क्षेत्रमा प्रतिनिधि सभाको     समानुपातिक तर्फ राजुराज जोशी, रविन्द्रलाल श्रेष्ठ, कृष्णा अमात्य  ,बद्री नेपाल र प्रचण्डदेव माननन्धरको नाम  सिफारिस गरेको छ ।

त्यस्तै प्रदेस सभा क्षेत्र नं १को प्रत्यक्ष  तर्फ राजेश श्रेष्ठ राज्यलक्ष्मी श्रेष्ठ र विजयगोपाल श्रेष्ठ जुद्धरत्न बज्राचार्य, राजेन्द्रराम श्रेष्ठको नाम सिफारिस गरेको छ ।  त्यस्तैगरी समानुपातिक तर्फ महेश नेपाली, किरणकृष्ण जोशी, रमेश प्रसाद गौतम, धर्म पाछै, गम्भिरमान महर्जन, रिता महर्जन र विष्णुलाल श्रेष्ठको नाम सिफारिस भएको छ।

प्रदेस सभा क्षेत्र नं २ मा प्रत्यक्ष तर्फ देवरत्न डंगोल, अमिन पाण्डे र केदार मानन्धरको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ अरुण मानव, विमला कपाली, विमला छतुङगेल , पन्नाकाजी महर्जन र सुर्दशन मानसिंहको नाम सिफारिस गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।