नेकपा एमाले काठमाडौं क्षेत्र नं ३ मा कृष्ण राई सर्वसम्मत
कपन अनलाइन
काठमाडौ,असोज १६ ।
नेकपा एमाले काठमाडौं क्षेत्र नं ३ ले काठमाडौं जिल्ला कमिटिका अध्यक्ष कृष्ण राईको नाम प्रतिनिधि सभा क्षेत्रको लागि सर्वसम्मतीले सिफारिस भएको छ । आज बसेको प्रतिनिधि सभा क्षेत्र समन्वय कमिटिको बैठकमा नेकपा एमाले केन्द्रिय सल्लाहकार कमिटिका सदस्य एबम वर्तमान सांसद रामेश्वर फुयालको प्रस्ताव र केन्द्रिय सदस्य विश्वनाथ प्याकुरेलको समर्थनमा राईको नाम सर्वसम्मत भएको थियो ।
स्थानीय तहको निर्वाचनमा एमालेलाई काठमाडौं जिल्लामा सानदार जित दिलाएका जिल्ला अध्यक्ष राई साविक जोरपाटी गाविसका उपाध्यक्ष समेत हुन् । अध्ययन र गीत् संगीत प्रति रुची राख्ने उनि पत्रकारिताका विद्यार्थी हुन् ।
तपाइँको प्रतिक्रिया ।