एमाले काठमाडौ जिल्ला क्षेत्र नं ४ प्रदेस क्षेत्र १ मा निर्मल कुइकेलको सम्भावना

एमाले काठमाडौ जिल्ला क्षेत्र नं ४ प्रदेस क्षेत्र १ मा निर्मल कुइकेलको सम्भावना

कपन अनलाइन 

काठमाडौं ,असोज १६।

अहिले नेपाल सरकारले संघीय र प्रदेस सभाको निर्वाचनको मिति घोषणा भै सकेपछी राजनीतिक चहल पहल र दावीको दौड र नेताहरुको सक्रियता निकै बढेको छ ।

काठमाडौं जिल्ला क्षेत्र नं ४ मा पनि अहिले चुनावी चर्चा र परिचर्चाको चरण निकै बढिसकेको छ । यस क्षेत्रमा संघीय क्षेत्रमा डा .राजन भट्टराई को नाम सर्वसम्मत सिफारिस भएको अवस्थामा नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ का प्रदेस क्षेत्र नं १ र २ मा दावी र आकांक्षा देखाउने क्रम सुरु  भैसकेको छ ।

अहिले काठमाडौं क्षेत्र नं ४ को प्रदेस क्षेत्र नं १ मा दावेदारको लाइनमा निर्मल कुइकेलको नाम अग्र पंक्तिमा देखिएको छ ।अहिले यस प्रदेस क्षेत्र नं १ मा कुइकेलको चर्चा सुरु भएको एक नेताले बताए ।

२०४० शालमा अनेरास्ववियु पूर्वी इलाकीय कमिटि बाट औपचारिक राजनीतिक यात्रा सुरु गरेका कुइकेल एमाले भित्र समन्वयकारी र निरन्तर क्रियाशील नेताको रुपमा परिचित छन । उनले तत्कालिन रुपमा समानान्तर गतिविधि गरिरहेका नेकपा एमालेका २ वटा कमिटि जसको नेतृत्व रामेश्वर फुयाल र गोविन्द कृष्ण अधिकारीले गरेका थिए ति दुवै लाई एकता वद्ध गरि नेतृत्व प्रदान गरेका थिए । उनले त्यस पश्चात भएको जिल्ला अधिवेशनमा अत्याधिक मत ल्याई विजयी बनेका थिए ।

नेकपा एमालेको प्रारम्भिक कमिटि देखि,इलाका कमिटि , विशेष जिल्ला कमिटि सदस्य ,उप सचिव र सचिव  ,जिल्ला कमिटि सदस्य ,जिल्ला कमिटि उप सचिव,कार्यबाहक सचिव  हुदै एमाले काठमाडौं जिल्लाको अध्यक्ष बनेका कुइकेल अहिले काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र नं १ मा बलिया दावेदारको रुपमा रहेका छन ।

राजनीतिका अलावा उनले पशुपती क्षेत्र विकास कोषको सदस्य सचिवको रुपमा पनि काम गरेका छन भने स्थानीय संघ संस्थाको स्थापना र संचालन गर्दै त्यस क्षेत्रको सामाजिक गतिविधिमा पनि संलग्न रहेका छन ।

२०७० शालको संविधान सभाको निर्वाचनमा क्षेत्र नं ४ मा उम्मेदवार बनेका कुइकेल कार्यकर्ता विच लोकप्रिय नेताको परिचय बनाएको एमालेका एक जिल्ला कमिटि सदस्यले बताए । कुइकेल एमाले काठमाडौमा अध्यनशील र राम्रो भाषण कला भएका नेतामा गनिन्छन।

काठमाडौ क्षेत्र नं ४ प्रदेस क्षेत्र नं १ मा कुइकेल संगै निर्मल देउला ,तेज ढकाल ,रन्जना मास्के र टिका पराजुली आकांक्षी रहेका छन ।अहिले दावी गरिरहेका नेताहरुमा बरिस्ट रहेकोले उनको सम्भावना बढेको एक नेताले बताए । आफ्नो उम्मेदवारीका सम्बन्धमा कुइकेलले  औपचारिक रुपमा मुख  नखोले पनि उनले दावी गर्ने  सम्भावना बढ्दै  गएको ति नेताको दावी छ ।

 

 

तपाइँको प्रतिक्रिया ।