नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ मा डा .राजन भट्टराई सर्वसम्मत
कपन अनलाइन
काठमाडौं, असोज १६
नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ मा डा .राजन भट्टराईको नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ ।आज बसेको नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटिको बैठकले सांसद एवम नेकपा एमालेका केन्द्रिय सदस्य डा .राजन भट्टराईको नाम संघीय क्षेत्रको उम्मेदवारको रुपमा सिफारिस गरेको हो।
सो बैठकमा बोल्ने वक्ताहरुले भट्टराईको नाममा सर्वसम्मती हुनुपर्ने धारणा राखेका थिए । काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटिका संयोजक निर्मल देउलाको अध्यक्षतामा बसेको बैठकले भट्टराई को नाममा सहमति जुटाएको थियो ।
तपाइँको प्रतिक्रिया ।