नेपाली कांग्रेस काठमाडौ १० संघीय तथा २० प्रदेस क्षेत्रका आकांक्षीहरु

नेपाली कांग्रेस काठमाडौ १० संघीय तथा २० प्रदेस क्षेत्रका आकांक्षीहरु

कपन अनलाइन 

काठमाडौं ,असोज १५ /विशेष रिपोर्ट

२०७४ शाल मंग्सिर महिनामा हुने संघीय र प्रदेस क्षेत्रको निर्वाचनमा उम्मेदवार छनौटको लागि अहिले विभिन्न राजनीतिक दलहरु तयारीमा लागेका छन । नेपाली कांग्रेसले आफ्ना क्षेत्रीय समितिहरुलाई निर्देशन प्रदान गरिसकेको छ भने नेकपा एमाले ले पनि मापदण्ड बनाएर प्रक्रिया सुरु गरिसकेको छ । त्यस्तै माओवादी केन्द्रले कतिपय ठाउमा उम्मेदवार तय गरिसकेको छ भने केहि ठाउमा कार्यदल बनाएर टुंग्याउने प्रक्रियामा छ ।

नेपाली कांग्रेसमा पनि अहिले काठमाडौ जिल्लाका १० वटै क्षेत्रीय समितिहरुले बैठक संचालन गरिरहेका छन र ति बैठकहरुमा धेरै आकांक्षी देखिए पछी त्यसलाई टुंग्याउने गृहकार्यमा लागेको नेपाली कांग्रेस काठमाडौ जिल्ला समितिका एक सदस्यले बताए ।

राजनीति सम्भावना को खेल हो र आन्तरिक प्रतिस्पर्धामा जुन सुकै उम्मेदवारले पनि बाजी मार्न सक्ने अहिलेको राजनीतिक अवस्थामा काठमाडौं जिल्लाका १० वटै संघीय क्षेत्र र प्रदेस क्षेत्रका केहि सम्भावित नामहरुको वारेमा यस विशेष सामग्रीमा चर्चा गरिएको छ ।

काठमाडौ क्षेत्र नं १

काठमाडौं निर्वाचन क्षेत्र नं १ मा काँग्रेस महामन्त्री समेत रहिसकेका प्रकाशमान सिंह नै प्रतिनिधी सभा निर्वाचनको उम्मेदवार हुने लगभग निश्चित भएको श्रोतले दावी गरेको छ । प्रादेशिक निर्वाचनका दुई क्षेत्रका उम्मेदावरहरु मध्ये प्रदेस  १ मा सुरजचन्द्र लामिछाने, जिवनचन्द्र कोइराला र निलेन्द्र प्रधान रहेका छन ।

प्रदेस क्षेत्र २ नं मा मोहन राई , दिपेन्द्र श्रेष्ठ, प्रबल थापा, राजु अर्याल र सुनील पराजुलीको चर्चा रहेको छ ।

काठमाडौ क्षेत्र न २

काँग्रेस काठमाडौं क्षेत्र नं २ मा सांसद दिपक कुइकेल, क्षेत्रीय सभापति उपेन्द्र कार्की र लोकेश ढकाल विच प्रतिस्पर्धा रहेको छ । महिला नेतृ प्रतिमा गौतम पनि प्रतिस्पर्धामा रहेकी छन यद्यपी समानुपातिक तर्फ महिला कोटामा गौमतलाई राख्न सक्ने पनि उत्तिकै सम्भावना रहेको छ ।

प्रदेस क्षेत्र को  निर्वाचनका लागि क्षेत्र २ को क.मा हरिशचन्द्र श्रेष्ठ,मनिष कोइराला , प्रदिप पराजुली, भिमार्जुन आचार्य लगायतका नेताहरुको दावी रहेको श्रोतले बतायो ।

काठमाडौं क्षेत्र नं ३

काँग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं ३ मा हाल सहकारी तथा गरिवी निवारण मन्त्री समेत रहेकी अम्बिका बस्नेत र काँग्रसेका महासमिति सदस्य एवम् युवा नेता हरीबोल भण्डारी विच प्रतिस्पर्धा रहेको छ । बस्नेत र भण्डारी मध्ये एक जनाले क्षेत्र नं ३ बाट प्रतिनिधी सभा निर्वाचनमा उम्मेदवार रहने पक्का रहेको कांग्रेस क्षेत्र नं ३ का एक नेताले बताए ।

प्रदेश नं ३ को क. मा गजेन्द्र कुमार लामा, दिपक रिसाल ,दिवाकर न्यौपाने र छिरिङ्ग दोर्जे लामाको नाम चर्चामा रहेको छ भन प्रदेस २ मा विमल ठकुरी, विष्णुदेवी पुडासैनी, गोविन्द पुडाशैनी कृष्ण जी खड्काको नाम अग्रपङ्गतिमा रहेको छ ।

काठमाडौ क्षेत्र नं ४

काँग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं ४ मा गगन थापा उम्मेदावर रहने पक्का झै रहेको छ यद्यपी उनले मुख्यमन्त्रीका रुपमा पार्टीले आफुलाई अगाडी बढाएमा  प्रदेश निर्वाचनमा जान सक्ने संकेत दिएका छन ।

प्रादेशिक निर्वाचनका लागि क्षेत्र नं ४ को प्रदेस क्षेत्र १ मा कर्मा छिरिङ्ग शेर्पा, राधा घले , श्रीराम लामिछाने,नरोत्तम वैद्य, नर्वदा पोखरेल,जानु घिमिरे , श्याम कृष्ण संगत र विनोद बाबु प्रधान लगायतको नाम चर्चामा रहेको छ ।

क्षेत्र नं ४ को प्रदेस २ मा राजु श्रेष्ठ ,न्युछे नारायण श्रेष्ठ ,सन्तोष खड्का, भोला लामिछाने, साधुराम खड्का, आत्माराम पौडेल, रामकृष्ण के.सी लगायतको नाम चर्चामा रहेको छ ।

काठमाडौं क्षेत्र नं ५

काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधी सभा उम्मेदवारका लागि क्षेत्रीय सभापति रमेश खड्का प्रवल दावेदार देखिएका छन । उनका अलावा महाधिवेशन प्रतिनिधी प्रेम ब. खड्का, दामोदर खड्का पनि प्रत्यासी उम्मेदवारका रुपमा रहेका छन ।

प्रादेशिक निर्वाचनका लागि गोकर्ण के.सी.,मनिष जोशी, रमा गुरागाइ जनकलाल श्रेष्ठ । प्रकाश महर्जन, सागर खनाल, अनिशराम भट्टराई गायतका नेताहरु चर्चामा छन ।

काठमाडौं क्षेत्र नं ६

काठमाडौं क्षेत्र नं ६ मा  रक्षा मन्त्रि भिमसेनदाश प्रधान र काँग्रेस जिल्ला सभापति कृष्ण सबुज बाँनीया विच प्रतिनिधी सभा निर्वाचनका प्रतिस्पर्धा हुने देखिन्छ ।यसका अलावा  न्हुच्छे नारायण मान्नधर, जीवन डङ्गोल,वर्षाराम भण्डारी, प्रकाश खड्गीको नाम पनि चर्चामा रहेको छ ।

२ वटा प्रदेस क्षेत्रमा हरीहर अधिकारी, श्रीराम थापा,इन्द्रमान महर्जन, इन्द्रमान श्रेष्ठको नाम चर्चामा रहेको छ ।

काठमाडौं क्षेत्र नं ७

काँग्रेस क्षेत्र नं ७ बाट प्रमिला सिंह क्षेत्री , प्रगतिमान रञ्जित र विजय माली विच प्रतिस्पर्धा देखिएको छ । प्रमिला सिंह दुई पटक नै यस क्षेत्र बाट पराजित भएकी थिइन । यस पटकको प्रतिस्पर्धा रञ्जित र माली विच हुने सक्नु अनुमान हुन थालेको छ ।

प्रदेश निर्वाचनको क्षेत्र नं १ मा प्रमोदहरी गुरागाई, विनोद पन्त, लगायतको दावी रहेको छ भने २ मा धर्मराज अर्याल र सुदर्शनराज आचार्यको नाम चर्चामा छ ।

काठमाडौं क्षेत्र नं ८

काठमाडौं क्षेत्र नं ८ मा पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशी नै यस पटक पनि प्रतिनिधी सभाका लागि प्रवल दावेदारका रुपमा रहेका छन । प्रदेश निर्वाचनका लागि ८ को प्रदेस १ मा जुद्धरत्न ब्रजाचार्य , कृष्णा अमात्य, राज्यलक्ष्मी श्रेष्ठ, को नाम अग्रपङ्घीतामा रहेको छ भने २ मा देवरत्न डङ्गोल,केदार मान्नधर लगायत नेताहरुको नाम चर्चामा रहेको छ ।

काठमाडौं क्षेत्र नं ९

काठमाडौं क्षेत्र नं ९ काँग्रेस केन्द्रीय सदस्यमा केहि समय अघि मात्र मनोनित भएका ध्यानगोविन्द रञ्जित क्षेत्र नं ९ का प्रवल दावेदार हुन । उनि संगै दामोदर गौमत र तिर्थराम डंगोलले पनि आफ्नो दावा रहेको बताएका छन ।

प्रादेशिक निर्वाचनका लागि प्रदेस क्षेत्र १ मा बाट इन्द्रमान तुलाधार,जगग्नाथ सुवेदी,कुवेर खड्का, जुद्धरत्न ब्रजाचार्य को नाम चर्चामा छ । त्यसैगरी २ मा धर्मराज गौतम, जयकृष्ण महर्जन, श्यामकृष्ण खड्गी, गौरी दवाडीको नाम चर्चामा छ ।

काठमाडौं क्षेत्र नं १० काठमाडौं क्षेत्र नं १० बाट प्रतिनिधी सभाका लागि राजन के.सी नै उम्मेदावर हुने सम्भावना बढी देखिन्छ।

प्रदेश निर्वाचनको लागि प्रदेस १ बाट राजकुमार नर्कमी,धर्मराज के.सी, धर्मानन्द श्रेष्ठ, मानदाश महर्जन चर्चामा छन । त्यसैगरी प्रदेस क्षेत्र २ मा राजकुमार नर्कमी र पुकार महर्जनको नाम चर्चामा रहेको छ ।

यहाँ चर्चा गरिएका पात्रहरु अहिले टिकटको दौडमा रहेका छन तर उनीहरुको राजनीतिक भविष्यको फैसला भने सम्भवत एक दुई दिनमै सबै क्षेत्रीय समितिको बैठक बाट निर्धारण हुने छ । यस विचमा पर्दा अगाडी देखिएका पात्रहरुका विच बाट नयाँ कुनै नेताले काँग्रेसबाट उम्मेदावारका रुपमा अवसर पाउने सम्भावना पनि उत्तिकै रहेको छ भने पर्दा पछाडी बाट कुनै नया पात्र आउने सम्भावनालाई नकार्न सकिदैन ।

 

तपाइँको प्रतिक्रिया ।