डा .राजन भट्टराईको राजनीतिक परिक्षा

डा .राजन भट्टराईको राजनीतिक परिक्षा

कपन अनलाइन

काठमाडौ,असोज ६ /विचार/पुण्यराज पुडासैनी

डा .राजन भट्टराईले विद्यावारिधि गर्ने समय सम्म धेरै परिक्षा दिएका छन र ति परिक्षामा सफल पनि भएका छन तर उनि अहिले अर्को एकदमै महत्वपूर्ण र उनको राजनीतिक र व्यक्तिगत जीवनको सबै भन्दा ठुलो परीक्षाको सन्निकटमा रहेका छन । यो परिक्षामा सफल वा असफल हुनुले उनको राजनीतिक जीवनको आगामी दिनको गतिलाई अवस्य नै असर पर्नेछ ।

युवा उमेरमै अन्तरास्ट्रिय सम्वन्धमा विद्यावारिधि गरे पश्चात देशको निर्णायक राजनीतिक तहमा आफ्नो स्थान बनाउने मौका पाएका भट्टराईलाई अवको राजनीतिक परिक्षाले प्रत्यक्ष रुपमा असर र प्रभाव दुवै पार्नेछ । भट्टराईको सामु यो परिक्षामा जसरी पनि सफल हुनुको विकल्प देखिदैन ।

काठमाडौ क्षेत्र नं ४ को चर्चा गरिरहदा यहाको भौगोलिक र सामाजिक अवस्थालाई पनि बुझ्नु पर्ने हुन्छ । काठमाडौं क्षेत्र नं ४ उत्तरमा शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्ज देखि दक्षिणमा नक्साल नागपोखरी सम्म रहेको छ जहाँ विभिन्न फरक पृष्टभुमि र सामाजिक सांस्कृतिक अवस्था रहेका छन । यहाको बसोवास र मतदाताको अवस्था हेर्दा तिन थरिको देखिन्छ ।

पहिलो यहाँ प्राचिन समय देखिको बस्ति रहदै आएको छ जसमा यहाका रैथाने नेवार र अन्य वासिन्दा बसोवास गर्दछन भने दोश्रो यस क्षेत्रमा काठ क्षेत्र रहेको छ जहाँ ठुलो संख्यामा मतदाता रहेका छन । तेश्रो यहाँ बसाई सराइ गरेर बाहिरी जिल्लाबाट आएका मतदाता र नागरिकहरु रहेका छन ।

यी तिन थरि मानव भूगोलका बिसेषता र मनोबिज्ञान ,रहन सहन र बुझाइ फरक फरक रहेको छ ।यी तिनै थरि फरक सोच र मनोबिज्ञानलाई सम्बोधन गरेर समान र फरक राजनीतिक रणनीति निर्माण गर्नुपर्ने चुनौती यहाका राजनीतिक नेतृत्व संग रहेको छ ।

यसमा डा .राजन  भट्टराईले कस्तो राजनीतिक रणनीति निर्माण गर्दछन र त्यसको सारथी कसलाई बनाउछन त्यसले पनि उनको यात्राको सहजता र जटिलता निर्धारण गर्ने छ ।

डा .भट्टराईको सामु अहिले सहजताको भन्दा जटिलता र चुनौतिको पहाड छ जसलाई उनले फोडेर आफ्नो आगामी दिनको राजनीतिक राजमार्ग बनाउनु पर्नेछ । उनको सबै भन्दा ठुलो जटिलता र चुनौती भनेको उनका यस क्षेत्रका प्रतिस्पर्धी हुन् जसले अगिल्लो निर्वाचनमा १२ हजार भन्दा बढी मत अन्तरले एमालेका उम्मेदवारलाई पराजित गरेका थिए । यो निर्वाचनमा उनले त्यो मत अन्तर घटाएर निर्वाचन जित्न निकै ठुलो कसरत गर्नु पर्नेछ ।

नेपालको राजनीतिक परिदृश्य परिवर्तनको कोशेढुंगा मानिएको १२ बुदे समझदारीको वेलामा भारतमा अध्ययनरत उनले त्यहा नेताहरुको बन्दोवास्तिमा पुर्याएको सुझबुझ पूर्ण योगदान जस्तै काठमाडौं क्षेत्र नं ४ को राजनीतिक र सामाजिक व्यवस्थापनमा पनि सचेतना पूर्ण चातुर्य देखाउनु पर्नेछ अन्यथा यसले उनको राजीतिक यात्रामा ब्याक गियर लगाउन सक्नेछ ।

डा.भट्टराईको सामु रहेको अर्को जटिल र चुनौती पूर्ण परिक्षा भनेको उनको पार्टीको आन्तरिक व्यवस्थापन हो जसलाई उनले यथासिघ्र उचित तरिकाले मिलाउनु पर्ने देखिन्छ । समुहगत रुपमा आन्तरिक प्रतिस्पर्धा गरेका यस क्षेत्रका स्थानीय नेताहरु विचको भावनात्मक एकता र सहकार्यको वातावरण बनाउन उनले खेल्ने भुमीकाले पनि यहा भोलि सिर्जना हुने राजनीतिक माहोल र दृश्यलाई प्रत्यक्ष असर पार्ने देखिन्छ ।

अहिले आफ्नो प्रस्तुत  दावी गर्दै चार तिर हिडिरहेका स्थानीय नेताहरुलाई उनले एउटा रथमा सवार गराएर सारथी ,यात्री र घोडाको रुपमा परिचालित गर्नु पर्नेछ जुन निकै चुनौतिपूर्ण काम हो । यसमा आन्तरिक शक्ति सन्तुलन र सबैको राजनीतिक योगदानको सम्मान हुने गरि उनले व्यवस्थापन गर्न देखाउने सक्रियता र सुझबुझले उनलाई यो परिक्षा सफल असफल के बनाउने त्यो  निर्धारण गर्नेछ ।

आफ्नो राजनीतिक जीवनको सबै भन्दा ठुलो खेल खेल्ने तयारीमा रहेका उनले आफ्नो टिममा कस्ता सहयात्री बनाउछन त्यसले पनि उनलाई यात्रमा सहजता वा जटिलता के हुने निर्धारण गर्नेछ । निर्वाचन एकल प्रयासमा जितिने कुरा हैन यसमा सबैको योगदान र भूमिका अनि सक्रियताको आवस्यकता पर्दछ र भट्टराईले त्यसलाई परिचालित गर्ने संयन्त्र र योजना बनाउन ढिलो गर्दा उनको राजनीतिक रफ्तारमा अवरोध पैदा गर्न सक्ने तर्फ उनले ध्यान दिनु पर्नेछ ।

स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको सफलताको ब्याज खाने मनोवृति भन्दा माथि उठेर यस क्षेत्रका युवा र प्रौड , राजनीतिक र गैर राजनीतिक सबैलाई समेटेर यो क्षेत्रमा उनको पार्टीलाई  आन्तरिक र बाह्य रुपमा एकता वद्ध बनाई अगाडी बढे उनले राजनीतिक परिक्षामा सफल बन्न सक्ने देखिन्छ अन्यथा विविध सम्भावनाको खेल राजनीतिमा उनको यात्रा पछाडी धकेलिन सक्ने तर्फ उनले सचेत बन्नु पर्नेछ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।