हेल्पिंग ह्यान्ड्स अस्पतालको तेश्रो तलाबाट हाम फालेर एक महिलाको आत्महत्या प्रयास

हेल्पिंग ह्यान्ड्स अस्पतालको तेश्रो तलाबाट हाम फालेर एक महिलाको आत्महत्या प्रयास

कपन अनलाइन 

काठमाडौ,असोज ६ ।

हेल्पिंग ह्यान्ड्स अस्पतालको तेश्रो तलाको पुरुष सौचालय बाट हाम फालेर एक महिलाले आत्महत्या को प्रयास गरेकी छन । संखुवासभा घर भै काठमाडौं महानगर पालिका वडा नं विशालनगर बस्ने वर्ष ४५ कि मिंग्मा शेर्पाले आत्महत्याको प्रयास गरेकी हुन् ।

उनि ३ दिन अगाडी मध्यपानको लत छुटाउन अस्पताल  भर्ना भएकी थिइन् ।उनि अस्पतालको २ नं क्याविनमा भर्ना भएकी थिईन ।

उनको घुडा ,खुट्टा र टाउकोमा चोट लागेको छ। अहिले  उनलाई उपचारका लागि शिक्षण  अस्पतालमा पठाइएको छ ।

तपाइँको प्रतिक्रिया ।