शिक्षामा दलीयकरण चाहिँदैन : मन्त्री प्रधान
कपन अनलाइन
काठमाडौँ, ५ असोज। रक्षामन्त्री भीमसेनदास प्रधानले मुलुकमा पूर्ण प्रजातन्त्र आइसकेकाले शिक्षा क्षेत्रमा दलीयकरण अब आवश्यक नपर्ने बताएका छन ।
‘शैक्षिक अभियान’ पाक्षिकले आज यहाँ आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री प्रधानले विगतमा निर्दलीय व्यवस्था विरोधी आन्दोलनलाई सघाउन शिक्षक र विद्यार्थीलाई दलले लिए पनि अब समृद्ध र प्रतिस्पर्धी समाज निर्माणमा लाग्नुपर्ने भएकाले शिक्षामा दलीयकरण आवश्यक नभएको तर्क गरे ।
सांसद जगदीश्वरनरसिंह केसी र रामहरि खतिवडाले हालै संसद्बाट पारित शिक्षा ऐन (नवौँ संशोधन) ले अस्थायी शिक्षकको समस्या अन्त्य हुने बताए ।
तपाइँको प्रतिक्रिया ।