क्षेत्र नं ४ प्रादेशिक क्षेत्रमा नेपाली कांग्रेसका युवाहरु नेतृत्व लिन सक्षम छन : बद्री भट्टराई (दामोदर)

क्षेत्र नं ४ प्रादेशिक क्षेत्रमा नेपाली कांग्रेसका युवाहरु नेतृत्व लिन सक्षम छन : बद्री भट्टराई (दामोदर)

कपन अनलाइन 

काठमाडौं ,असोज ४।

बद्रि भट्टराई काँग्रेसको सम्भावना स्थानीय तहको निर्वाचन होस वा संविधान सभाको निर्वाचन होस उत्कृष्ट कार्यक्रम सञ्चालकको पहिचान बनाएका नेपाली काँग्रेसका युवा नेता बद्रि भट्टराई काँग्रेसको सम्भावना बोकेका युवा हुन भन्न सोच्नु पर्ने छैन ।

काँग्रेसको राजनीति विरासत र नेताको आशिर्वादमा टिक्ने परम्परामा भट्टराईको क्रियाशिलता काँग्रेसका पुराना नेतालाई अहिले पचाउन गारो बनिरहेको एक स्थानीय नेताले बताए ।

२०६२ को आन्दोलनमा गगन थापा बाट प्रभावित भई राजनीतिमा होमिएका भट्टराई केहि समय प्ररायुसंघको प्रशिक्षणमा समेत रहेका थिए । गैर राजनीतिक पारिवारिक पृष्ठभुमी बाट२०६४ सालमा काँग्रेसको क्रियाशिल सदस्यता लिएका भट्टराईको  सक्रियताले पुराना भनिएका नेताहरुलाई फलामे चिउरा बन्दै गएको स्पष्ट देखिन्छ ।

हरेक राजनीतिक पार्टीमा मैदानमा कार्य गर्ने भन्दा पनि नेताको द्धार धाउनेहरु राजनीतिमा हावी भएका व्यक्तिहरुका माझमा उनि एक्लो बृहस्पति झै सक्रिय छन ।

२०६४ सालको प्रथम संविधान सभाको आमसभा सञ्चालन गर्ने अवसरलाई उनले निकै राम्रो रुपमा प्रयोग गरेको उनि निकट युवाहरु बताउछन ।खेलकुद पृष्ठ भुमिका बद्रि भट्टराई राष्ट्रिय फुटबल लिग हुदै ह्याण्डबल प्रशिक्षका रुपमा रहदै हाल नेपाल फुटभलीको केन्द्रीय महासचिव र जिल्ला खेलकुद विकास समिति काठमाडौंको उपाध्यक्ष समेत रहेका छन ।

देशभरका जिल्ला खेलकुद विकास समितिका पदाधिकारीमा सम्भवत भट्टराई कान्छा पदाधिकारी समेत हुन सक्छन।  उनको सक्रियताले नेपाली काँग्रेसको खेलकुद प्रतिको आकर्षणलाई बलियो पार्ने समेत कार्य गरेका छन ।

कपन ह्याण्डबल मैदानमा कहिले गणेशमान सिंह ह्याण्डबल प्रतियोगीता कलिहे वी.पी स्मृती विद्यालयस्तरीय फुटबल प्रतियोगीता तथा अहिले किसुन जी स्मृती प्रतियोगीताको नाममा सक्रियता पूर्वक कार्य गरिरहेका भट्टराई अहिले त्यसलाई राजनीतिमा क्यास  गर्ने प्रयासमा रहेको अनुमान गर्न सकिन्छ ।

राजनीतिका जिवनमा उनले पछिल्लो १० वर्ष कपनमा गरेको योगदानका आधारमा उनको सक्रियतालाई स्थानीयहरुले निकै रुचाएका पनि छन । स्पष्ट वक्ताका रुपमा चिनिने भएका कारण काँग्रेसको आन्तरीक राजनीतिमा उनि राजु श्रेष्ठ निकट रहेको स्वय स्विकार्छन ।

यद्यपी उनि आफ्ना लागि सबै अगज नेता भएका कारण गुण र दोषका आधारमा कार्य गर्ने गरेको बताउछन । जिल्ला खेलकुद विकास समिति काठमाडौमा काँग्रेस नेता प्रकाशमान सिंहको सिफारिसमा आफु उपाध्यक्ष भएको बताउदै राजनीतिमा नैतिकता गुमाउने नहुने समेत बताउछन ।

पार्टी अधिवेशनमा राजु श्रेष्ठ र प्रकाशमान सिंहको पक्षमा खुलेर लागेको हुनाले उनलाई गगन थापा विरोधी समेत भनिएको थियो ।भट्टराईले यस्तो स्वभाविक तर्कलाई समेत खुलेर स्विकार समेत गर्ने गरेका छन । सुप्रभा घिमिरे र गगन थापाको निर्वाचनमा उनले गरेको घरदैलो कार्यक्रमको सक्रियता, आमसभाहरुमा उनले देखाउने गरेको वाककलाका आधारमा साधारण नागरीकले भने प्रशंसा नै गर्ने गरेको पाइन्छ । काँग्रेसमा मैदानमा सक्रिय रहनेहरु राजनीतिबाट पलायन हुदै गरेको अवस्थामा भट्टराईको दौड काँहा सम्म हुने हो यो भने हेर्न लायक पक्का हुने छ ।

समाजमा खेलकुद गतिविधी मार्फत सक्रिय रहदै आफ्नो पहिचान बनाउन सफल भट्टराई काँग्रेसका सम्भावना बोकेका युवा हुन तर उनको सम्भावना नेताको द्धार मा पुग्न नसक्दा मैदानमा नै हराउने सम्भावना पनि उत्तिकै रहेको छ ।

किसुन जी कप भेट्रान प्रतियोगीताका विचमा उनलाई कपन अनलाईनले गरेको यो सक्रियताको प्रतिफल के होला भन्ने प्रश्नमा उनले भने वी.पी., गणेशमान र किसुन जि अनुयायी भएको हुँदा न पदको आश छ न फल को सन्तुष्टि मिल्ने कार्य निरन्तर गर्ने बताउदै बुढानिलकण्ठ र काठमाडौंको राजनीति युवामा नआउदा सम्म कुनै परिर्वतन नहुने पक्का भएको हुदा जुनसुकै पार्टीको भए पनि युवाहरुको क्रियाशिलता र कार्यको सवालमा  भने आफु कुनै पार्टी बनेर नहिड्ने बताए ।

काँग्रेसको युवाहरु सक्रिय र क्रियाशिल हुदा राम्रो हुने नभए अन्य पार्टीका पनि क्रियाशिल र सकारात्मक सोचका युवालाई आफुले सबै किसिमको सहयोग र सहयात्रा गर्न तयार रहेको समेत उनले कपन अनलाइनलाई बताएका थिए  ।

प्रदेश निर्वाचनमा के हुन सक्छ भन्ने प्रश्नमा उनले  युवाहरुलाई दिए प्रतिस्पर्धा हुन्छ किनकी यस क्षेत्रमा नेपाली कांग्रेसमा रहेका युवा कोहि भन्दा कम छैनन्  , नैतिकवानलाई दिए निर्वाचन जितिने तर  गुट उपगुट भए नतिजा कस्तो हुन्छ त्यो भन्न नसकिने बताए ।

 

तपाइँको प्रतिक्रिया ।