घोप्टे भीर मा पेट्रोल ट्याङकर दुर्घटना,चालकको जलेरमृत्यु

चितवन, जेठ १० गते/ दारेचोक–३ घोप्टे भीर नजिक पेट्रोल लिएर काठमाडौँतर्फ जादै गरेको ना.४ ख ३२६४ नम्वरको ट्याङकर जेठ ९ गते २३:३० बजे सडकबाट अंदाजी १ सय ५० मिटर त्रिशुली नदीको किनारमा खसेर दुर्घटना हुँदा ट्याङकरमा आगलागी भएर पूर्ण रुपमा जलेर क्षती भएको छ ।
ट्याङकर चालक मकवानपुर जिल्ला पदमपोखरी–८ बस्ने ३८ बर्षीय गोपाल सिंह लामा भिरमा अड्की मृत्यु भएको अवस्थामा फेला परेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।