सरकारी छाप दस्तखत किर्ते मुद्धाका फरार प्रतिबादी हरु प्रहरी फन्दामा

काठमाडौँ, जेठ १० गते/   सरकारी छाप दस्तखत किर्ते मुद्धामा ललितपुर जिल्ला आदलतको मिति २०६८ साल मंसिर ६ गतेको फैसलाले १ बर्ष कैद र ५० रुपैया जरिवाना imagesठहर भएका प्रतिबादी ललितपुर हरिसिद्धी–९ घर भएका ३१ बर्षीय प्रेमकृष्ण महर्जनलाई केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरीले जेठ ८ गते ललितपुर एकान्तकुनाबाट पक्राउ गरी जिल्ला अदालत ललितपुरमा बुझाएको छ ।
प्रतिबादी प्रेमकृष्ण महर्जन समेतले सवारी चालक अनुमती पत्रमा नक्कली सरकारी छाप तथा होलोग्राम लगाई सरकारी कर्मचारीको दस्तखत समेत आफैले गरी यातायात व्यवस्था कार्यालय बागमतीबाट जारी हुने सवारी चालक अनुमती पत्र प्रति कपी ५ सयमा विक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ प्रहरी स्रोत बताउछ ।
गत २०६६ साल माघ ६ गते ललितपुर एकान्तकुना स्थित प्रेमकृष्ण ले संचालन गरेको ए वान फोटो स्टुडियोबाट नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्था कार्यालय बागमती लेखिएको रवरको स्ट्याम, यातायात व्यवस्था कार्यालयबाट जारी सवारी चालक अनुमती पत्रका कार्डहरु र स्क्यान मेसिन समेतका औजारहरु बरामद भएको थियो ।

तपाइँको प्रतिक्रिया ।