कटुवा पेस्तोल सहित ३ जना पक्राउ

चितवन, जेठ १० गते/ गोरखा जिल्ला वोर्लाङ–४ बस्ने २४ बर्षीय रविन श्रेष्ठ सहित ३ जनालाई प्रहरीले कटुवा पेस्तोल सहित पक्राउ गरेको छ ।
कटुवा पेस्तोल    चण्डीभन्ज्याङ–६ कालीखोला नजिक सडक माथि जंगलमा गोली पड्केको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुग्लीङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जेठ ९ गते १८:३० बजे १ थान कटुवा पेस्तोल सहित फेला पारेको थियो ।
यस सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ  ।

तपाइँको प्रतिक्रिया ।