वन प्लस फाइभः आफ्नो मूल्य सेगमेन्ट

वन प्लस फाइभः आफ्नो मूल्य सेगमेन्ट

कपन अनलाइन 

काठमाडाैं असोज २। विश्व बजारमा ‘वनप्लस’ व्राण्डको निकै चर्चा हुनेगर्छ। चिनिया ब्राण्ड वन प्लसले सन् २०१३ देखि मात्र फोन उत्पादन थालेको हो। चार वर्षको यस अवधिमा यस ब्राण्डले विश्व बजारमा आफ्नो छुट्टै परिचय कायम गरिसकेको छ। वनप्लसलाई प्रिमियम स्मार्ट फोनका रुपमा लिइन्छ।आफ्नो मूल्य सेगमेन्टका अन्य कम्पनीको भन्दा उत्कृष्ट फिचर्स वनप्लसमा पाउन सकिन्छ।

अन्तराष्ट्रिय बजारमा निरन्तर राम्रो प्रतिक्रिया पाइरहेको यस ब्राण्डले नेपालमा भने सोचे जस्तो सफलता प्राप्त गर्न निकै संघर्षरत देखिन्छ।आइहब प्रालि नेपालमा वनप्लस फोनको आधिकारिक विक्रेता हो। वनप्लसले सार्वजनिक गरेको पछिल्लो फोन हो ‘वन प्लस फाइभ’ ।त्यस्तै नेपालमा हालै मात्र यसको ८ जीबी र्याम तथा १२८ जीबी भेरियन्ट ल्याएको छ।

वनप्लसको अनलाइन विक्रेता रहेको ओलिज स्टोरका लोकश ओली वनप्लस फाइभ हालको बजारमा पाइने सबै ब्राण्डका यही मूल्य सेगमेन्टका फोनहरु मध्ये यस फोन सबैभन्दा उत्कृष्ट रहेको दाबी गर्छन्।

उनी ८ जीबीको र्याम क्षमता, सुपर फास्ट स्पिड क्षमता तथा उत्कृष्ट तस्बिर खिच्न सक्ने क्यामेराले फोनलाई सबैभन्दा अब्बल बनाएको तर्क गर्छन्।
‘यस मूल्य सेग्मेन्टमा अन्य कम्पनीले दिने भन्दा धेरै उत्कृष्ट फिचर्सहरु यस फोनमा छ। ड्यास चार्जर, हाइ स्पिड तथा ८ जीबी क्षमताको फोन नेपालमा उपलब्ध हुनु स्मार्टफोन प्रेमीका लागि निकै फाइदाजनक कुरा हो।’
कस्ता छन् त यस फोनका विशेषता?

डिजाइनः
१९२०×१०८० पिक्सेल स्क्रिन रेज्युलुसन क्षमता सहित फोनमा ५.५ इन्चको एचडी एमोलेड डिस्प्ले रहेको छ। फोनमा २.५डी कर्निङ गोरिला ग्लास ५ को प्रोटेक्सन रहेको छ। फोनमा मेटल बडी डिस्प्ले छ।
फोनको बनोटको डिजाइन ब्राण्डका यस अघिका फोन ‘वन प्लस थ्री’ र ‘वन प्लस थ्रीटी’ भन्दा पृथक छैन्। यसप्रति धेरै स्मार्टफोन प्रयोगकर्ताहरुको फोनको डिजाइनमा केहि परिवर्तन हेर्न खोज्ने इच्छालाई सम्बोधन गरेको छैन्। यद्यपी फोनको डिजाइन भने सुन्दर रहेको छ।
त्यस्तै फोन हलुका छ। यसको तौल १५३ ग्राम छ। तर फोनमा बेजल र वाटरप्रुफको सुविधा भने छैन्।

प्रोसेसर
वन प्लस फाइभमा २.४५ अक्टाकोर प्रोसेसर समावेश गरिएको छ। यस फोन एन्ड्रोइड् ७.१ नोगट भर्सनको अपेरेटिङ सिस्टम समावेश गरिएको छ।
त्यस्तै फोनमा स्नापड्रागन ८३५ तथा एडरेनो ५४० को जिपियु छ जसले फोनलाई सुपर फास्ट बनाएको छ।
त्यस्तै फोन ६ तथा ८ जीबी र्याम गरी दुई भेरियन्टमा उपलब्ध छ। ८ जीबी र्याम बजारमा पाइने अन्य कुनै पनि कम्पनीको सेटहरुमा छैन्।
त्यस्तै फोन ६४ जीबी तथा १२८ गरी दुई इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ। तर फोनमा मेमोरी कार्डका लागि स्लट राखिएको छैन्। त्यसैले ६४ जीबीको भेरियन्टको फोनमा मेमोरी कार्डको अभाव खड्की रहने छ।

क्यामेरा
फोनमा तीन ब्याट्री छन् जसमा १६ मेगापिक्सलको सेल्फी तथा पछाडि तर्फ (रियर) १६ र २० मेगापिक्सेलका दुई ‘स्र्टोङ’ क्यामेरा छन्। फोनका सोनी आइएमएक्स ३९८ सेन्सर तथा अपेचर एफ÷१.७ लेन्ससहितको १६ मेगापिक्सेलको र एफ÷२.६ लेन्स भएको २० मेगापिक्सेल गरी दुई रियर क्यामेराले उत्कृष्ट तस्बिर खिच्न सक्ने क्षमता राख्छन्।
फोनमा एफ÷२ं० लेन्स तथा भएको १६ मेगापिक्सेलक क्षमताको सेल्फी क्यामेरा छ।
यी क्यामेराले कम प्रकाश वा बढि प्रकाश दुबै अवस्थामा पनि उत्कृष्ट फोटो खिच्छने भने खिचिएको तस्बिरमा हरेक सुक्ष्म कुरालाई जुम गरेर हेर्ने हो भने पनि त्यसले तस्बिरले बोकेको कथालाई स्पष्टसँग देखाउँछ।
फोनमा क्यामेरामा एलइडी फ्ल्यास, प्रो मोड्, पोट्रेट, पेनोरमा, एचक्यु, अटो एचडीआर, फोरके, अटोफोकस, फेस ब्युटि लगायतका थुप्रै फिचर्सहरु समावेश छन्।

ब्याट्री
वन प्लस फाइभमा ३३०० एमएएच क्षमताको ब्याट्री समावेश गरिएको छ। यसका साथै यसमा फास्ट चार्जिङको सुविधा समेत दिइएको छ। यसको ब्याट्री १८ घण्टासम्म टिक्न सक्छन्।

मूल्य
यस फोनको ६ जीबी र्याम तथा ६४ जीबी इन्टरनल स्टोरेज क्षमता भएको भेरियन्टको मूल्य ५९ हजार ५ सय रुपैंयाँ तथा ८ जीबी र्याम तथा १२८ जीबी इन्टरनल स्टोरेज भेरियन्टको ६९ हजार ५ सय रुपैंयाँ निर्धारण गरिएको छ।

यस फोनको खरिदमा सेट तथा ब्याट्रीमा १ वर्षको वारेन्टी दिइएको छ। फोन स्लेट ब्ल्याक कलरमा उपलब्ध छ।
यस फोन देशभरीका मोबाइल पसलदबाहेक ओलिज स्टोर मार्फत अनलाइनबाटै समेत खरिद समेत गर्न सकिनेछ।

यी फिचर्सले यस मूल्य सेगमेन्टमा उपलब्ध फोनहरुमा भएका फिचर्सका आधारमा वनप्लस फाइभ अब्बलको दर्जामा उभ्याउँदा फरक पर्ने छैन्।

तपाइँको प्रतिक्रिया ।