डुंगा दुर्घटनामा दशको मृत्यु
कपन अनलाइन
नयाँ दिल्ली, २ असोज। भारतको उत्तरीपूर्वी राज्य आसाममा भएको डुंगा दुर्घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको अधिकारीहरुले सोमबार बताएका छन् ।
आसाम राज्यको सबानजोरिया नदीबाट १० व्यक्तिको शव निकालेको सोमबार अधिकारीहरुले जानकारी दिएका छन् । असाम राज्य सरकारद्वारा प्रकाशित विज्ञप्तिमा यस दुर्घटनामा मारिएकाहरुमा पाँच बालबालिका र दुई नाबालक समेत रहेका जनाइएको छ ।
आसामा राज्यको प्रान्तीय सहर दिसपुरबाट १९० किलोमिटर पश्चिममा रहेको गोलपारा जिल्लामा यो दुर्घटना भएको थियो । आइतबार भएको डुंगादौड प्रतियोगिता हेरेर आ–आफ्ना घर फर्किरहेका व्यक्तिहरु सो दुर्घटनामा परेका जनाइएको छ । गत हप्ता पनि उत्तर प्रदेशमा भएको एक दुर्घटनामा १९ व्यक्तिको मृत्यु भएको थियो ।
तपाइँको प्रतिक्रिया ।