आकर्षणमा फोर जीः एनसेलको प्रतिग्राहक डाटा खपत २ गुणाले बढ्यो

आकर्षणमा फोर जीः एनसेलको प्रतिग्राहक डाटा खपत २ गुणाले बढ्यो

कपन अनलाइन 

३१ भदौ, काठमाडौं । नीजि क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका ग्राहकहरुले गर्ने प्रतिग्राहक डाटा खपत एकवर्षमा २ गुणभन्दा बढीले वृद्धि भएको छ। एनसेलको माउ कम्पनी आजियाटाले सार्वजनिक गरेको सन्२०१७को दोस्रो त्रैमासिकको प्रतिवेदन अनुसार, प्रतिग्राहक प्रतिमहिना डाटा खपत ३४१ एमबी पुगेको छ गतवर्ष सोही अवधिको तुलनामा यो दोब्बर भन्दा बढिले वृद्धि हो । आजियाटाको तथ्याङ्क अनुसार, गतवर्ष सोही अबधिमा प्रतिग्राहक प्रतिमहिना डाटा खपत १६० एमबी रहेको थियो । पछिल्लो समयमा डाटा खपत बढ्नुको प्रमुख कारण फोरजी सेवा रहेको प्रतिवेदनमा उल्लेख छ ।

एनसेलले जेठ १८ देखि फोरजी सेवा सञ्चालनमा ल्याएको थियो । एनसेलले पहिलो चरणमा काठमाडौं उपत्यका -नगरकोट सहित), बनेपा र धुलिखेलमा फोरजी सेवा सञ्चालनमा ल्याएको थियो त्यसपछि सेवा विस्तार गर्दै हाल पुर्व देखि पश्चिमसम्म देशका विभिन्न १९ शहरमा फोरजी सेवा प्रदान गर्दै आएको छ ।

प्रतिग्राहक डाटा खपत बढेको कारणले गर्दा एनसेलको कुल डाटा खपतमा पनि भारी वृद्धि भएको छ । आजियाटा प्रतिवेदनका अनुसार, दोस्रो त्रैमासिकमा डाटा खपत गतवर्ष सोही समयको  २७  लाख जिबीको तुलनामा बढेर ६८ लाख जिबी पुगेको छ । ग्राहक संख्यामा भएको वृद्धि  सस्तिएको डाटा शुल्क, स्मार्टफोन बोक्ने ग्राहकहरुमा वृद्धि लगाएतका कारणले पनि नेपालमा डाटा खपत बढ्दो क्रममा रहेको छ । एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रगोग गर्ने गरेका छन् ।

आजियाटाका अनुसार, डाटा खपत बढेसँगै एनसेलको डाटाबाट हुने आयमा समेत बढेकोे छ । ‘एनसेलको त्रैमासिक पर्फर्मेन्समा सुधार भएको छ । यसले गर्दा डाटाको आयमा १६.९ प्रतिशतले वृद्घ िभएको छ,’ प्रतिवेदनमा भनिएको छ । यस वर्षको दोस्रो त्रैमासिकमा कम्पनीको कुल आय १४.४७ अर्ब रहेको छ जसमा डाटा सेवाको योगदान १८ प्रतिशत रहेका छ ।

प्रतिवेदन अनुसार, एनसेलका कुल एक करोड ५६ लाख ग्राहक रहेको छ र ४४.४ प्रतिशत ग्राहकले डाटा सेवा लिएका छन् । हालै एनसेलले फोरजी सेवाको विस्तारसँगै डाटाको शुल्क घटाउदै नयाँ प्याकहरु ल्याएको छ । यस अन्र्तगत ग्राहकले कुनै पनि डाटा प्याक सुचारु ग्ार्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डाटा बोनस स्वरुप प्राप्त गर्न सक्छन् र कर सहित न्युनतम २ पैसा प्रति एमबि सम्ममा डाटा सेवाको मज्जा लिन सक्छन् ।

एनसेलका अनुसार, सन् २०१८ को अन्त्य सम्ममा देशको ४० शहरहरुमा फोरजी सेवा पुर्याउने लक्ष्य सहित नेटवर्क परिक्षण लगायतकाकामहरु भईरहेका छन् । त्यसैगरी कम्पनीले डिजिटल नेपाल निर्माणमा योगदान पुर्‍याउन इन्टरनेट पूर्वाधारमा ३० अर्ब लगानी गर्ने र सन् २०१८ भित्रमा दुर्गम र ग्रामीण क्षेत्र लक्ष्य गर्दै थि्रजी सेवा देशको कुल जनसंख्याको ६० प्रतिशतमा पुर्‍याउने बताउदै आएको छ ।

तपाइँको प्रतिक्रिया ।