शिक्षकहरुका लागि खुसीको खबर : अध्यापन अनुमति पत्रका लागि आवेदन खुला !
कपन अनलाइन
काठमाडौँ, भाद्र १ ।
शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि आवेदन खुला गरेको छ। आयोगले २०७५ को नियमावली (संशोधन सहित) को नियम ७ को उपनियम (१) को खण्ड (ख) बमोजिम आवश्यक योग्यता पूरा गरेका व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेको हो।
सूचना अनुसार, माध्यमिक तहमा अध्यापन अनुमति पाउन इच्छुक उम्मेदवारले आयोगको वेबसाइट (https://license.tsc.gov.np) मा गएर अनलाइन दरखास्त पेश गर्न सक्नेछन्। दरखास्त दिने मिति २०८२ भदौ १९ गते राति ११:५९ बजेसम्म तोकिएको छ।
यस अनुमति पत्रका लागि दरखास्त दिने उम्मेदवारले सम्बन्धित योग्यता पूरा गरेको प्रमाणपत्र, आवश्यक विवरण र दस्तावेज अपलोड गर्नुपर्नेछ।
आयोगले दरखास्त तथा अन्य विवरणसम्बन्धी सम्पूर्ण जानकारी आफ्नो वेबसाइट (www.tsc.gov.np) मा प्रकाशित गरेको छ।
तपाइँको प्रतिक्रिया ।
