अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट,नेपाली सुन बजार समेत पनि प्रभावित

६ जेठ, काठमाडौ । अघिल्लो साता करिब २ हजारले घटेको सुनको मूल्य साताको पहिलो दिन ६ सय ५० रूपैयाँ घटेको थियो भने साताको दोस्रो दिन पनि ४ सयले घटेको छ ।images

सोमबार आज बजारमा सुनको मूल्य प्रतितोला ४८ हजार ७ सय रूपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारि अनुसार आइतबार प्रतितोला ४९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो २२ महिनामा सुनको मूल्य यो सबैभन्दा कम हो ।

त्यसैगरि, तेजाबी सुनको मूल्य पनि सोमबार ४ सय २ रुपैयाँ घटेर ४८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन आइतबार ४८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि आइतबारभन्दा २१ रुपैयाले घटेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला ८ सय २९ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएका कारण नेपाली सुन बजार समेत पनि प्रभावित बनेको छ ।

तपाइँको प्रतिक्रिया ।