प्रेस काउन्सीलको प्रकाशन संहिता त्रैमासिक विरुद्ध सर्वोच्चमा मुद्दा

supremeकाठमाडौ, ६ जेठ । प्रेस काउन्सिल नेपालले प्रकाशित गर्ने त्रैमासिक पत्रिका संहितामा प्रकाशित लेखको विरुद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा परेको छ ।
संहिताको चैतमा प्रकाशित अंकको दाइ, जयनेपाल, कमरेड अभिवादन शिर्षकको लेखले मानहानी गरेको दावी गर्दै पत्रकार रोशन पुरी, गोविन्द देवकोटा र अधिवक्ता श्रीकृष्ण सुवेदीले काउन्सिलविरुद्ध मुद्दा दायर गरेका हुन ।
सो लेखमा पार्टीको विट बनाएर काम गर्ने पत्रकारलाई पार्टीका कार्यकर्ता भनि लान्छना लगाएकोले सो विषय सार्वजनिक भएको भन्दै १० लाख रुपैया क्षतीपूर्तिको माग दावी सहित मुद्दा दायर गरिएको छ । मुद्दामा संचार माध्यमल्ऽाई अनुगमन एवं मर्यादित बनाउने कार्य नगरी आफ्नो मुखपत्रबाट नै व्यक्तिगत मान प्रतिष्ठामा आच आउने किसिमका भ्रामक र गलत समाचार प्रकाशित हुनु दुर्भाग्य पूर्ण भएको जिकिर गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।