वाल दिवसको अवसरमा बूढानिलकण्ठ नगरपालिकाको वालवालिका संग अन्तरक्रिया
कपन अनलाइन
काठमाडौ,भाद्र ३०।
बूढानिलकण्ठ नगरपालिकामा आज अन्तक्रिया कार्यक्रम गरी बाल दिवस मनाईएको छ। कार्यक्रममा नगर भित्र रहेका सार्वजनिक विद्यालयका बालबालिकाहरु सँग नगर प्रमुख, वडा अध्यक्ष, कार्यकारी अधिकृत, शिक्षकहरु बिच छलफल गरिएको । सहभागी विद्यालयका शिक्षक विद्यार्थीहरुले नगरपालिकालाई विभिन्न किसिमका सुझावहरु प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख उद्दव खरेलले नगरका सम्पुर्ण बालबालिकाको गुणस्तरिय शिक्षाको सुनिश्चितता गर्नु पढ्न पाउने अधिकारको संरक्षण र जिम्मा नगरपालिकाले लिने त्यसै गरि यस पल्ट सबै संरचना तयार नभईसकेको अवस्था भएपनि सानो रुपमा कार्यक्रम गरिएको र आगामी दिनमा विस्तृत योजना सहित कार्यक्रम बनाईने र उत्सवको रुपमा बाल दिवस मनाईने जानकारी दिएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य गर्दै कार्यकारी अधिकृत विश्व मरासिनिले बाल मैत्री नगर बन्ने दिशामा बूनपा रहेको र त्यसका लागी आवश्यकता पहिचान गर्नको लागी तथ्याङ्क संकलन कार्य गर्नको लागी प्रारम्भिक सम्झौता भएको र ३-४ महिना भित्र नगर सँग पुर्ण रिपोर्ट आउने जानकारी दिएका थिए ।
कार्यक्रममा नगरपालिका का विभिन्न सार्वजनिक र निजि विद्यालय का विद्यार्थी हरुको सहभागिता रहेको थियो।फोटो सौजन्य : हाम्रो बुढानिलकण्ठ डट कम